• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

देवघाट महामहोत्सवमा सांसद हरि ढकालको प्रहार : “धर्म नमान्ने र भ्रष्टाचारी सांसदहरू सबै धुन्धुकारी हुन्”

चितवन क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय हरि ढकालले देवघाट महामहोत्सवमा सहभागी भई धार्मिक वातावरणको खुलेर प्रशंसा गरे। उनले महोत्सवको सफलताको शुभकामना दिँदै राजनीतिमा कुनै सुख–शान्ति नभएको, साँचो आनन्द भने सत्संगमा मात्रै पाइने धारणा व्यक्त गरे।

सांसद ढकालले हालको राजनीतिक वातावरणको कटाक्ष गर्दै भने, “आज संसद भवन गाली गलौजको थलो बनेको छ। त्यहाँ बहसभन्दा गाली बढी हुन्छ। म भने संसदमा जब गाली–गलौज हुन्छ, ‘हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम, राम राम हरे हरे’ जपेर बस्छु।”
उनले वर्तमान राजनीतिमा कलियुगको प्रभाव गहिरो रूपमा परिसकेको भन्दै भने, “४ लाख ३२ हजार वर्षको कलियुगको केवल ५ हजार वर्ष मात्र बितेको छ, तर राजनीतिमा भने कलियुगको प्रभाव पूरा परिसक्यो। टाउकोमा कलियुगको बास भएका नेताहरू छन्, जो एक दिन यमराजले बोलाउनेछन् भन्ने नै बिर्सेका छन्।”

सांसद ढकालले भ्रष्ट्राचारमा लिप्त राजनीतिक व्यक्तिहरूलाई कठोर शब्दमा प्रहार गरे। उनले भने, “नाम मात्रै हरि भएर हुँदैन, भित्र पनि हरि हुनुपर्छ। मा मनको हरिलाई बढाउने प्रयासमा छु | एक दिन मर्नुपर्छ भन्ने चेत भएका नेताहरू त भ्रष्टाचार गर्दैनन्। तर, आज भ्रष्ट नेताहरू जनताले तिरेको करमा हात लम्काइरहेका छन्। यस्ता सांसदहरू सबै धुन्धुकारी हुन्।”

महामहोत्सवको आयोजनाले समाजमा सकारात्मक ऊर्जा प्रवाहित गरिरहेको बताउँदै सत्संकल्पकर्ता ईश्वरकृष्ण महाराजलाई उनले धन्यवाद दिए। उनले भने, “महोत्सवमा देखिएको युवा सहभागिता र आकर्षण अत्यन्त उत्साहजनक छ। यसले समाजमा ठोस सकारात्मक परिवर्तन ल्याउनेछ।”
मातापिता सेवाश्रम र देवघाट दिव्यधाम निर्माणका लागि राज्यबाट प्राप्त हुनुपर्ने सहयोग रोकिएमा आफू त्यसको लागि पहल गर्न तयार रहेको प्रतिबद्धता जनाए। उनले भने, “यदि कुनै फाइल अड्कियो भने हरि ढकाललाई सम्झनुहोस्, म त्यसलाई अघि बढाउन सक्दो प्रयास गर्नेछु।”
अन्तिममा सांसद ढकालले सबैलाई धार्मिक संस्कारको प्रवर्द्धन गर्दै सत्संग, ध्यान, र नाम किर्तनमार्फत समाजमा आस्तिकता बढाउने प्रेरणा दिन आग्रह गरे। उनले भने, “भागवतको अन्तिम उपदेश नै नाम किर्तन हो। त्यसैले सबैले भजन, सत्संग, र आध्यात्मिक साधनामा लागौं।” सांसद हरि ढकालको धर्म र आस्तिकताको खुलेर समर्थन, भ्रष्टाचारमाथि कडा प्रहार, र देवघाटको धार्मिक परियोजनामा राज्यले आवश्यक सहयोग गर्नुपर्ने धारणा महामहोत्सवमा आकर्षण बन्यो। उनको उपस्थितिले राजनीति र आध्यात्मिकताको सहकार्य कसरी समाज सुधारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने देखाएको छ।

बिहिबार, माघ २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.