• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख ०७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

रास्वपा सचिवालयको बैठक बस्दै

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ७. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ९. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • १०. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

देवघाट दिव्यधाम शील्यान्यास सम्पन्न: धार्मिक पर्यटन र सामाजिक एकताको ऐतिहासिक शुरुवात

हिन्दू धर्मावलम्बीहरूको पवित्रस्थल देवघाटमा, ऐतिहासिक देवघाट दिव्यधाम शील्यान्यास भव्य समारोहका बीच सम्पन्न भएको छ। यस ऐतिहासिक अवसरमा विभिन्न मठ-मन्दिरका प्रमुख, सन्त-महन्त, र हजारौं श्रद्धालु भक्तजनको उपस्थिति थियो। प्रमुख अतिथिको रूपमा १००८ स्वामी ज्ञानानन्द सरस्वति जी महाराज, १००८ स्वामी रमनानन्द जी महाराज, १००८ जगन्नाथाचार्य स्वामी जी महाराज, १००८ गोपाल शरण जी महाराज, र १००८ हरिशरण स्वामी जी महाराज, प्रा.डा गुरु प्रसाद सुवेदी लगायतका प्रतिष्ठित धार्मिक व्यक्तित्वहरू उपस्थित हुनुभएको थियो ।

यो शुभ अवसरमा, नृसिंहधाम पीठाधीश्वर डा. श्रीवास कृष्ण दास ब्रह्मचारीको प्रमुख आचार्यत्वमा श्री रुपानुगा परा विद्यापीठका शिक्षक एवं विद्धार्थीहरुद्वारा देवघाट दिव्यधामका लागि मूल जग पूजन, वस्तु हवन तथा भगवान अनन्तदेवको मूर्ति स्थापना गरी जग शीलाको पूजन सम्पन्न गरियो। यो दिव्य कर्ममा माघ महिनाभर १ लाखभन्दा बढी भक्तहरूले यस शीलाको पूजनमा सहभागी हुने अपेक्षा गरिएको छ।
देवघाट महा महोत्सव २०८१ ले माघ महिनाभर विशेष धार्मिक कार्यक्रमहरूको आयोजना गर्नेछ। यस महोत्सवमा कथा वाचन, भजन-कीर्तन, विशेष पूजा, दानकार्य, र माघ स्नानजस्ता गतिविधिहरू समावेश हुनेछन्। आयोजकका अनुसार, यो महोत्सवमा ३० लाखभन्दा बढी भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ।

महामहोत्सवका प्रमुख आकर्षणहरूमा प्रसिद्ध कथा वाचकहरूको प्रवचन, सांस्कृतिक कलाकारहरूको विशेष प्रस्तुति, र योग प्रशिक्षकहरूले सञ्चालन गर्ने योग सत्रहरू रहेका छन्। धार्मिक गतिविधिहरूले भक्तजनहरूको आस्था थप बलियो बनाउने विश्वास गरिएको छ।
महोत्सवसँगै निर्माणाधीन माता-पिता सेवा आश्रमले विशेष चर्चा पाएको छ। ३६५ कोठाहरू रहने यो आश्रमले वृद्ध अभिभावकहरूलाई धार्मिक, सांस्कृतिक, र सुरक्षित वातावरणमा सेवा दिने लक्ष्य राखेको छ। यो परियोजनाले सामाजिक सेवाका क्षेत्रमा नयाँ दृष्टिकोण स्थापित गर्ने विश्वास गरिएको छ।

गण्डकी र त्रिशूली नदीको संगमस्थलमा अवस्थित देवघाट, हिन्दू धर्मावलम्बीहरूका लागि मोक्ष प्राप्तिको पावन स्थल र आदिप्रयागका रूपमा प्रख्यात छ। प्राचीनकालदेखि साधु-सन्तहरूको तपोभूमि रहँदै आएको यस क्षेत्रले धार्मिक पर्यटनको प्रमुख केन्द्रको रूपमा ख्याति प्राप्त गरिरहेको छ। देवघाट महा महोत्सव २०८१ ले धार्मिक पर्यटन, सांस्कृतिक उन्नति, र आध्यात्मिक जागरणको माध्यमबाट नेपाललाई विश्वसामु थप परिचित गराउने विश्वास गरिएको छ। आयोजकका अनुसार, देवघाट महोत्सवले नेपाललाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान दिनेछ।

विश्व जागरण महाअभियान ट्रस्टका संचार प्रमुख नारायण भण्डारीले सम्पूर्ण श्रद्धालु भक्तजनलाई यस महोत्सवमा सहभागी भई पुण्य लाभ आर्जन गर्न आह्वान गरेका छन्। एक-एक जग शिला समर्पण गरेर यो पवित्र कार्यमा सहभागी हुने अवसरलाई भक्तजनहरूले धार्मिक र आध्यात्मिक महत्त्वका रूपमा लिएको छ।

देवघाट दिव्यधाम शील्यान्यास र महा महोत्सव २०८१, धार्मिक आस्था, सामाजिक एकता, र पर्यटन प्रवर्द्धनको दृष्टिकोणले नेपालको इतिहासमा एक ऐतिहासिक अध्याय बन्नेछ। देवघाट क्षेत्रको धार्मिक महत्त्वलाई नयाँ उचाइमा पुर्‍याउने यस महोत्सवले सम्पूर्ण देशमा आध्यात्मिक जागरण ल्याउने अपेक्षा गरिएको छ।

आइतबार, पुष २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते
बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’
आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

भर्खरै

  • १.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • ४.
    आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

  • ५.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ६.
    हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

  • ७.
    भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

  • ८.
    रास्वपा सचिवालयको बैठक बस्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.