काठमाडौँ, पुस १०- एमाले केन्द्रीय सचिवालय बैठकले पार्टीको नीतिविपरित अभिव्यक्ति दिएको भन्दै संगठित सदस्यसमेत नहरने गरी पूर्वउपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । कारबाहीपछि रावलले यसलाई अध्यक्ष केपी शर्मा ओलीको निरंकुश कदम भएको आरोप लगाएका छन् ।
रावलले एमालेको १० औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार भएपछि मेरा आवाज दबाउने कोसिस भइरहेको बताएका छन् । । त्यही श्रृंखलाअन्तर्गत देश र जनताको पक्षमा उठाएका आवाजलाई दबाउन कात्तिक ४ मा कथित स्पष्टीकरण सोधिएको उनको भनाई छ। निरंकुश शैलीमा सोधिएको कथित स्पष्टीकरणको जवाफ दिन आफुले नचाहेको समेत बताए। कारबाहीको यो कदम सरकार र पार्टीमा तानाशाही लाद्न गरिएको उनले बताए ।