• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, मङि्सर ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जनता मावि हर्कपुरमा ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

बोस्टन कलेजमा दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नारायणी महोत्सवभित्र जिरो ग्र्याभिटी राइडमा युवायुवतीको घुईंचो

आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

आज मिति २०८३ साल मंसिर ७ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

काठमाडौंमा पार्किङ गरेर राखेको माइक्रो चोरी, दुई जना पक्राउ

नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

लोकप्रिय समाचार

  • १. नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

  • २. आज मिति २०८३ साल मंसिर ३ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • ३. तराई र काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि हुस्सु तथा कुहिरो, रहने मौसमविद्को पूर्वानुमान

  • ४. प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

  • ५. आज मिति २०८३ साल मंसिर ४ गते शुक्रबार , यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल मंसिर ४ गते शुक्रबार , यस्तो छ तपाईको आजको राशिफल

  • ७. आजको मौसम : कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

  • ८. कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

  • ९. पश्चिमी वायु र चक्रवातको आंशिक प्रभावः तराईमा हुस्सु, पहाडी क्षेत्रमा आंशिक बदली

  • १०. प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

गढीमाई मेलामा दर्शनार्थीको घुइँचो


वीरगञ्ज (पर्सा), २४ मङ्सिरः भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुग्नुभएको छ । यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उहाँ महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आउनुभएको हो । अहिले गढीमाई मन्दिरमा दर्शन गर्ने भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ ।

“केही समयअघि गढीमाईको भाकल गरेका थियौँ । माईले हाम्रो मनोकामना पूरा गरेसँगै अहिले माईको पूजाअर्चना गर्न आएका हौँ”, दर्शनार्थी यादवले भन्नुभयो, “परिवारको सुख शान्ति र समृद्धिको कामना गर्दै गढीमाई मन्दिरमा आउने दर्शनार्थीहरुको उल्लेख्य मात्रामा हुनुहुन्छ ।”

बरियापुरस्थित गढीमाई मन्दिरमा यही मङ्सिर १ गतेदेखि पञ्चवर्षीय गढीमाई मेला लागिरहेको छ । मेलामा भारतका विभिन्न राज्यका मात्रै नभएर अन्य विदेश मुलुकका भक्तजनको पनि बाक्लो उपस्थिति छ । पाँच–पाँच वर्षमा मेला लाग्ने भएकाले पनि श्रद्धालु भक्तजनहरुको निकै भव्य र सभ्य ढङ्गले उपस्थिति हुने गर्छ । नेपालका पनि विभिन्न जिल्लाबाट मेला भर्न आइरहेका छन् ।

गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई मेलामा दशनार्थीहरुको सहभागिता अत्यधिक रहेको बताउनुभयो । “विगतका वर्षमा जस्तै यसपालिको पञ्चवर्षीय गढीमाई मेलामा श्रद्धालु भक्तजनको उपस्थिति निकै बाक्लो छ”, उहाँले भन्नुभयो, “सम्भवत् महिनाभरिको मेलामा करिब एक करोडभन्दा धेरै दर्शनार्थीहरु उपस्थिति हुने अपेक्षा राखेका छौं ।” जसमा भारतीय पर्यटकको हिस्सा ६० प्रतिशत र स्वदेशी पर्यटकको ४० प्रतिशतको हाराहारीमा हुने अनुमान छ ।

गढीमाईको पञ्चवर्षीय मेला हेर्न आउने दशनार्थीको अत्यधिक चापको कारणले बाराको सदरमुकाम कलैयादेखि मन्दिर रहेको बरियापुरसम्म नै अत्यधिक भीडभाड र घुइँचो छ । अत्यधिक दशनार्थीहरुको भीडको कारणले ट्राफिक व्यवस्थापनमा जटिल बनेको छ ।

कलैयादेखि बरियापुरमा दुई पाङ्गे मोटरसाइकल, तीन पाङग्रे अटोरिक्सा, ई–रिक्सा, जीप, कार, भ्यान, बस, मिनीबस, ट्रकलगायतका सवारीसाधनमा चढेर मन्दिरको दर्शन गर्न आउनेको घुइँचो देखिन्थ्यो । ग्रामीण भेगका दर्शनार्थीहरु ट्र्याक्टर रिजर्भ गरेर आउने गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख ट्राफिक प्रहरी निरीक्षक निलु दुवलले गढीमाई पञ्चवर्षीय मेलामा सवारीसाधनको भीडभाड अत्यधिक रहेको बताउनुभयो । “दिनरात जुनसुकै बेलामा पनि दर्शनार्थीहरुको उपस्थित भइरहनुभएको छ”, उहाँले भन्नुभयो, “पर्याप्त जनशक्ति खटाएर ट्राफिक व्यवस्थापन भइरहेको छ ।”

दश हजारभन्दा बढी राँगाबलि

आइतबार विहान ४ बजेदेखि ६ बजेसम्म धार्मिक परम्पराअनुसार पूजापाठ र अनुष्ठान गरेपछि ब्रहमबाबाको नजिकै बनाइएको मौलोमा पञ्चबलि दिइएको थियो । आइतबार ६ बजेदेखि दिउँसोसम्म राँगा बलि दिइएको थियो । पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिका अनुसार करिब १० हजारभन्दा राँगाको बढी दिइसकेको छ । आज पनि बिहानैदेखि बोका बलि चढाउने काम भइरहेको छ ।

सोमबार, मङि्सर २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जनता मावि हर्कपुरमा ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
बोस्टन कलेजमा दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
नारायणी महोत्सवभित्र जिरो ग्र्याभिटी राइडमा युवायुवतीको घुईंचो
पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग
काठमाडौंमा पार्किङ गरेर राखेको माइक्रो चोरी, दुई जना पक्राउ
नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

लोकप्रिय

  • १.
    नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

  • २.
    आज मिति २०८३ साल मंसिर ३ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    तराई र काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि हुस्सु तथा कुहिरो, रहने मौसमविद्को पूर्वानुमान

  • ४.
    प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

  • ५.
    आज मिति २०८३ साल मंसिर ४ गते शुक्रबार , यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    गोरखा र कालिकोटका मुख्य सडक तथा पुल पूर्ण रूपमा अवरोध

भर्खरै

  • १.
    जनता मावि हर्कपुरमा ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

  • २.
    बोस्टन कलेजमा दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

  • ३.
    नारायणी महोत्सवभित्र जिरो ग्र्याभिटी राइडमा युवायुवतीको घुईंचो

  • ४.
    आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  • ५.
    आज मिति २०८३ साल मंसिर ७ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

  • ७.
    काठमाडौंमा पार्किङ गरेर राखेको माइक्रो चोरी, दुई जना पक्राउ

  • ८.
    नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.