• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

राजमार्गसँगैको साढे दुई तलाको घर बेचेर कृषिमा लगानी, फलफूलबाट राम्रो आम्दानी

नवलपुर (नवलपरासी), २२ मङ्सिर (रासस) : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मीले राजमार्गसँगै जोडिएको साढे दुईतले घर बेचेर कृषिमा लगानी गर्नुभएको छ । पूर्वपश्चिम राजमार्गसँगै रहेको घर बेचेर उहाँले गैँडाकोट–१८ बसेनीमा जग्गा किनेर रू दुई करोड ६५ लाख लगानी गरी टीकारत्न टुल्की कृषि फर्म सञ्चालन गर्नुभएको छ ।
विसं २०७५ मा बसेनीमा ८२ रोपनी जग्गा गरेर उहाँले कृषि कर्मलाई अगाडि बढाउनुभएको हो । “यो पूरै डाँडो सबै झाडीले घेरिएको थियो”, रेग्मीले भन्नुभयो, “यहाँ घुमेर गएपछि राजमार्गसँगै रहेको साढे दुईतले घर बिक्री गरेर यहाँ लगानी गरेँ, अहिले सन्तुष्ट छु ।” यस ठाउँको झाडी सफा गर्नमात्रै एक हजार पाँच सय श्रमिक लागेका उहाँले स्मरण गर्नुभयो ।
“लालपुर्जा भएको जग्गा भए पनि सिँचाइको अभावमा उत्पादन नभएपछि बाँझो रहेको जग्गा किनेर खेती सुरू गरेँ,” उहाँले भन्नुभयो, “मैले यहाँ उत्पादन गरेको देखेर केही व्यक्तिहरू विदेशबाट फर्किएर पनि यहीँ किसानी गरेका छन् ।” उमेरले ६६ वर्ष लाग्नुभएका रेग्मीको दैनिकी नै दिनभरि बारीमा घुम्ने र बोटबिरूवामा देखिएको समस्या समाधानका लागि काम गर्ने तथा बिरूवालाई प्रोटिन पु¥याउने काममा बित्ने गरेको छ । “पहिलो झाडीले घेरिएको यो डाँडामा अहिले एक हजार पाँच सय वटा सुन्तला, आठ सय वटा कागती, तीन सय वटा निबुवा, ६० वटा लप्सी, २५ वटा स्याउ, किबी, आँप, कटहर, लिची, टिम्मुर, चेरीलगायत फलफूलका बोटबिरूवाहरू छन्”, रेग्मीले भन्नुभयो, “अब धेरै फलफूलबाट आम्दानी लिन सुरू भइसकेको छ ।”
उहाँका अनुसार आँप, कागती, निबुवा, सुन्तलासहित फलफूलले आम्दानी दिन सुरू गरिसके । “यस वर्ष मात्रै ५० क्विन्टल कागती काठमाडौँ पठाएँ, पाँच क्विन्टल यहीँको स्थानीय बजारमा बिक्री भयो”, उहाँले भन्नुभयो, “निबुवाबाट रस निचोरेर तीन सय लिटर चुक बनाएको छु, ५० लिटर बिक्री भइसकेको छभने सुन्तला बेचेरमात्रै रू एक लाख २० हजार आम्दानी भइसक्यो ।” रेग्मीको कृषि फार्ममा रहेका बोटमा अझै लटरम्मै पाकेका सुन्तला छन् ।
“सुन्तला जोनले चाँडो नटिप्नु, गुणस्तर बिग्रिन्छ भनेको भएर यी सुन्तला टिपेको छैन” उहाँले भन्नुभयो, “यी पाकेका सुन्तला पुस लागेपछि टिप्न सुरू गर्ने तयारी छ ।” एउटै सुन्तलाको बोटबाट एक क्विन्टलसम्म सुन्तला टिपेको उहाँले बताउनुभयो । “सुन्तला राम्रो फलेको भएर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सुन्तलाको बोटमा क्रप कटिङ गर्न चिह्न लगाएर जानुभएको छ”, रेग्मीले भन्नुभयो, “सबैभन्दा बढी फलेको रूख र कम फलेको रूखमा चिह्न लगाइएको छ, केही दिनपछि कृषि प्राविधिकहरू आएर बगैँचा व्यवस्थापनको तालिम दिने जानकारी गराउनुभएको छ ।” रेग्मीको फर्ममा फलेका सुन्तला बोटबाटै बिक्री हुने गरेको भन्दै बजार खोज्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।
सुरूआती अवस्थामा यहाँ अमिला जातका फलफूल लगाउन सुन्तला जोनबाट सिँचाइमा ५० प्रतिशत अनुदान, बिरूवामा ५० प्रतिशत अनुदान, थोपा सिँचाइमा अनुदान, औजारमा समेत अनुदान पाएको रेग्मीको भनाइ छ । “पहिला पाँच सय मिटर तल रहेको खोलामा जेनेरेटरबाट विद्युत् निकालेर बोरिङबाट पानी तानेर सिँचाइ गर्दासमेत अनुदान आएको थियो”, रेग्मीले भन्नुभयो, “एक महिना अगाडि राष्ट्रिय प्रसारण लाइनको विद्युत् आइपुगेपछि अहिले सिँचाइलाई सहज भएको छ ।”
फलफूलका बिरूवाहरूमा गोडमेलसहित खर्चमात्रै वार्षिक रू १० लाख हुने गरेको भन्दै उहाँले यस वर्षबाट खर्चभन्दा आम्दानी बढी हुन लागेको बताउनुभयो । “गत वर्षसम्म लगानी गरेको पैसा पनि उठेको थिएन, बर्सेनि ४० ट्र्याक्टर त मल गाईभैँसीको मल नै हाल्नुपर्छ,” रेग्मीले भन्नुभयो, “यस वर्षबाट भने सबै खर्च कटाएर रू तीन लाख बढी बचत हुने अनुमान गरेको छु ।” रेग्मीले कृषिफर्मसँगै यहाँ आउने पर्यटकहरूका लागि खाने र बस्ने सुविधासमेत उपलब्ध गराउँदै आउनुभएको छ ।  उहाँले १० जनासम्मलाई खान र बस्न मिल्नेगरी घरबाससमेत सञ्चालन गरेको बताउनुभयो । “यहीँ उत्पादन भएका खाना तथा स्थानीय जातको कुखुराको मासु खाएर पर्यटकहरू बस्ने व्यवस्था गरेको छु” उहाँले भन्नुभयो, “पछिल्लो समय विभिन्न क्षेत्रबाट यहाँ आएर बस्ने गर्नुभएको छ ।” रेग्मीसँगै अन्य तीनजनाले यहाँ सुन्तला खेती सुरू गरेकामा अहिले गाउँमा धेरैले उहाँको सिको गरेका रेग्मीको भनाइ छ ।
स्थानीय कृष्णबहादुर सारूमगरले समेत आफ्नो पाखो बारीमा एक हजार तीन सय ५० बोट सुन्तला लगाएको बताउनुभयो । “पानी नहुनाले अरू केही पनि खेती हुँदैनथ्यो, अहिले सुन्तला लगाएर राम्रै उत्पादन भएको छ”, सारूमगरले भन्नुभयो, “सुन्तला बिक्री गर्न टाढा जानु पर्दैन, गाउँघरमै आएका मान्छेले लिएर जान्छन् ।” उहाँले आफ्नो बारीको सुन्तलासँग धान साट्ने गरेको समेत बताउनुभयो ।
विसं २०७७ बाट सुन्तला लगाउन सुरू गरेको भन्दै उहाँले आफूले लगाएको सुन्तलाले भरखरै उत्पादन दिन सुरू गरेको बताउनुभयो । “यसपटक दुई टिप सुन्तला बिक्री गरेँ, सुन्तला बिक्री गर्दा पैसाभन्दा पनि धान लिने गरेको छु, उत्पादन धेरै हुन थालेपछि पैसामा बिक्री गर्नुपर्ला” उहाँले भन्नुभयो । सुन्तलाखेती गर्दा कृषि विकास कार्यालयबाट औषधि र बिरूवामा अनुदान पाएको उहाँको भनाइ छ ।

शनिबार, मङि्सर २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.