• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • १०. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सङ्घीयतापछि सामुदायिक वन : बहुआयामिक उपयोग गर्नुपर्ने सुझाव


काठमाडौँ, १८ मङ्सिरः नेपालको संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहका सरकार निर्माणपछि विभिन्न अधिकारसँगै प्राकृतिक स्रोतसम्बन्धी अधिकार पनि तीनै तहका सरकारमा फरक फरक ढङ्गले निहित भएको छ । अर्काेतिर सर्वसाधारणको जीवनशैलीमा आएको परिवर्तनले पनि वनमाथिको निर्भरतामा केही कमी आएको छ ।

यस्तो अवस्थामा खासगरी नेपालको सामुदायिक वनको भविष्य के हुने र कता जाने भन्ने सन्दर्भमा विभिन्न बहस हुने गरेका छन् । सामुदायिक वनमा कतिपय प्रदेशले कर लगाएको गुनासो एकातिर छ भने अर्काेतिर सङ्घीयता संस्थागत र अधिकार क्षेत्रका बारेमा तीनै तहका सरकार स्पष्ट हुँदै गएपछि त्यस्तो अन्योल समाप्त भएर जाने विश्वास गरिएको छ ।

वन वातावरण क्षेत्रका विज्ञहरु विश्वमै प्रशंसा पाएको नेपालको सामुदायिक वनको बहुउपयोग गर्न सके सङ्घीयतापछि यसको भविष्य थप उज्जल हुने धारणा व्यक्त गर्नुहुन्छ । उहाँहरु नेपालको संविधानमा उल्लेख गरिएका समाजवादप्रतिको प्रतिबद्धता र समुदायका अग्राधिकारका विषयले सामुदायिक वन अभियान आगामी दिनमा अझ फष्टाउने दाबी गर्नुहुन्छ । संविधानका यी विषयले समुदायको उन्नती, प्रगति र समृद्धिलाई दिगो बनाउने उहाँहरुको तर्क छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारी नेपालको सामुदायिक वन कार्यक्रम विश्वमै सफल रहेको उल्लेख गर्दै मुलुक संघीयतामा प्रवेश गरेपछि यो अभियान थप मौलाएको बताउनुहुन्छ । “राज्यको पुनःसंरचनासँगै निर्माण भएका वन नीति २०७५ र वन ऐन २०७६ मा पनि पर्यापर्यटनको विकास गर्ने, कृषि वनलाई पनि प्रोत्साहन गर्ने, वन्यजन्तु व्यवस्थापन र वन उद्यम विकास गरी बजारीकरण गर्ने विषय समेटिएका छन्,” उहाँ भन्नुहुन्छ, “यी प्रावधानले वनको दिगो संरक्षणसँगै समुदायको समृद्धिका लागि थप अवसर प्रदान गर्नेछ । समुदायको समृद्धिले नै यो अभियान पनि दिगो हुनेछ भन्ने हाम्रो विश्वास छ ।”

 

अध्यक्ष भण्डारी सङ्घीयताका प्रथम चरणमा तीन तहका सरकारबीच नै अधिकार बाँडफाड र कार्यान्वयन अलमलमा देखिएको अवस्थामा सामुदायिक वनमा केही चुनौती देखिनुलाई सामान्य रुपमा लिनुपर्ने बताउँनुहुन्छ । समयसँगै ती चुनौती पनि सहज हुँदै जाने उहाँको तर्क छ । खाद्य तथा कृषि संगठन (एफएआ)ेको पछिल्लो तथ्यांकअनुुसार पृथ्वीमा ३१ प्रतिशत मात्र वन क्षेत्र रहेको आँकडा छ र हरेक वर्ष एक करोड हेक्टर वन क्षेत्र वन विनाश भएको तथ्यले देखाउँछ । नेपाल भने आज भन्दा ३० वर्ष अघि ३९ प्रतिशत रहेको वन क्षेत्र हाल बढेर झण्डै ४६ प्रतिशत पुगेको छ । यसमा सामुदायिक वन अभियानको योगदान अतुलनीय रहेको छ ।

सामुदायिक वन विज्ञ भोला खतिवडा नयाँ परिवेशमा सामुदायिक वन अभियानको दिगोपनाका लागि वनलाई उत्पादन र रोजागारीसँग जोड्नुपर्ने बताउँनुहुन्छ । “यसका लागि चलायमान वन समूह र सक्रिय वन व्यवस्थापन तथा सामुदायिक वन उद्यम विकास आजको आवश्यकता हो” उहाँ भन्नुहुन्छ । पूर्व डिभिजनल वन अधिकृत रामबाबु पौड्याल ग्रामिण क्षेत्रबाट हुने बसाइँसराई, बढ्दो मानव–वन्यजन्तु द्वन्द्व, वातावरणीय पक्षको ख्याल नगरी निर्माण गरिने पूर्वाधार, अतिक्रमण, डढेलोलगायत सामुदायिक वनमा पछिल्लो समय देखिएका समस्या भएको बताउँनुहुन्छ । यसको समाधानका लागि निजी क्षेत्रसँगको सहकार्यमा वन आधारित उद्यमको विकास गर्नुपर्ने र जैविक विविधताको अभिलेखिकरण गर्नुपर्ने उहाँको सुझाव छ । “यस बाहेक सहरी क्षेत्रका वरपर सामुदायिक वनमा आधारित पर्यापर्यटन प्रर्वद्धन गर्नुपर्छ । वन अतिक्रमण र डढेलोको दिगो नियन्त्रणको व्यवस्था गर्नुपर्छ । वन्यजन्तु क्षति राहत कार्यक्रम प्रभावकारी बनाउनुपर्छ” पूर्व डिभिजनल वन अधिकृत पौड्याल भन्नुहुन्छ ।

नेपालमा सामुदायिक वनको अभ्यास कानुनतः २०४६ सालको प्रजातन्त्रको पुनःस्थापनापछि सुरु भएपनि व्यहारमा त्यस अघि २०३० सालमा सिन्धुपाल्चोकको ठोकर्पामा यो अभ्यास सुरु भएको थियो । सामुदायिक वन अध्ययन केन्द्रको २०८१ को तथ्यांकअनुसार नेपालको कुल वन मध्ये करिब ३७ प्रतिशत हिस्सालाई सामुदायिक वनको रुपमा २३ हजार २६ सामुदायिक वन उपभोक्ताका समूह ३१ लाख ९५ हजार ३२३ घरधुरीले संरक्षण र व्यवस्थापन गरिरहेका छन् । नेपालले विश्वमा चिनारी पाएका पहिचानमध्ये सामुदायिक वन पनि एक माध्यम हो । तर पछिल्लो समय मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै तीन तहका सरकारले सामुदायिक वनमा लगाउने कर र स्थानीयको उपभोगमा आएको परिवर्तन तथा बसाईसराईले केही चुनौती निम्त्याएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कल्पना भण्डारी सामुदायिक वनका सम्बन्धमा पछिल्लो समय सरकारका दृष्टिकोणमा फरकपन आउँदा चुनौती थपिएको बताउँनुहुन्छ । उपभोक्ताले ३० वर्षसम्म संरक्षण गरेको वनबाट उत्पादन लिने बेला यस्तो चुनौती देखिएको उहाँको गुनासो छ ।“सङ्घीयता ल्याउँदा हामी उपभोक्ताहरुले पनि ठूलो संघर्ष गरेका थियाँै । आन्दोलन सफल भएपछि घर घरमा सिंहदरबार पनि भनियो, तर संघीयता आएपछि धेरै सहजता हुन्छ भन्ने आशा गरेका थियौ,” अध्यक्ष भण्डारी भन्नुहुन्छ, “अहिले हामी तेहोरो करको मारमा परेका छौँ । करबाट छुटकारा पाउन आन्दोलन गर्नुपरेको छ । हाम्रो प्रदेश (लुम्बिनी) सरकारले त वर्षेनी सामुदायिक वनबाट रु दुई अर्ब राजश्व कर उठाउने कार्ययोजना बनाएको छ । अहिले त आन्तरिक विक्री वितरणको १० प्रतिशत पनि कर लाग्छ भनिएको छ ।”सामुदायिक वनमा कर शुन्य बनाउन सके संरक्षण कार्यमा उपभोक्ताको आकर्षक बढ्ने उहाँको भनाई छ । “स्थानीय सरकारमा आफू भित्रको वन क्षेत्र हो भनेर यसको आम्दानी आफैले लिनुपर्छ भन्ने भनाई छ । प्रदेश सरकार, सरकार चलाउन आर्थिक स्रोत चाहिन्छ भन्छ र आर्थिक संकलन नभएपछि सरकार कसरी चलाउने भन्छ । संघीय सरकारले त पहिले देखिनै २५ प्रतिशत कर लिने भनेको नै छ” उहाँ भन्नुहुन्छ ।
करका सम्बन्धमा तीनै तहको कानुन बाझिएको छ । साथै वनमा रहेका उमेर पुगेका, ढलापडा र सुकेका रुख संकलन गरेर काठको उत्पादन बढाउन सकेमात्र जनताको मागअनुसार काठ आपूर्ति गर्न सकिने उहाँको सुझाव छ । आपसमा बाझिएका कानुन बारेमा स्पष्ट नहुँदा उपभोक्ता मारमा परेका छन् । यी सबै विषय अधिकारको प्रयोगसँगै मिल्दै जाने र सङ्घीयतापछि सामुदायिक वन अभियानको भविष्य थप उज्जल हुने अध्यक्ष भण्डारीको आशा छ ।
वनको दिगोपनाका लागि बहुआयामिक उपयोगमा जोड
वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक धनञ्जय लामिछाने सामुदायिक वनको व्यवस्थापनको हक सबै प्रदेशमा निहित रहेको उल्लेख गर्दै जग्गा भोगाधिकार, नीति नियम, निर्देशिका बनाउने काम मात्रै विभागले गर्ने गरेको बताउँनुहुन्छ । “मुलुक संघीयतामा गएपनि सामुदायिक वनका नीति नियम र प्रक्रियामा परिवर्तन आएको छैन् । यो जिम्मेवारी पहिले सङ्घीय मन्त्रालय र विभागले हेथ्र्यो भने अहिले प्रदेश मन्त्रालयमा जिम्मेवारी गएको हो,” उहाँ भन्नुहुन्छ, “डिभिजनल वन कार्यालयहरु प्रदेश मातहत गएका हुन । यस अघिका सबै प्रणाली र विधि नै कायम छन् । प्रदेशले कार्ययोजना बनाउने, हस्तान्तरण गर्ने तथा संरक्षण व्यवस्थापन सदुयोग गर्ने सबै गरिराखेकै छ ।”

पछिल्लो समय पहाडी र हिमाली क्षेत्रमा केही सामुदायिक वनहरु निष्क्रिय देखिएका छन् । जनसंख्याको बसाईसराई तथा आमजनताको जीवन शैलीमा परिवर्तन आएको छ । “घाँस दाउरा, स्याउला, सोत्तर ल्याउने, दाउरा बाल्ने, खाना पकाउने, कँुडो पकाउने विषयमा पनि परिवर्तन भएको छ । अब गाउँमा पनि ग्याँस बाल्न थाले । यसले वनको निर्भरता पनि घट्यो । वनप्रति चासो पनि कम भएको हो” उहाँ भन्नुहुन्छ ।वनको जति उद्यमशिलता रोजगारी र बहुआयामिक उपयोग गर्नुपर्ने हो, त्यति हुन नसकेको उल्लेख गर्दै उपमहानिर्देशक लामिछाने यही कारणले अहिले पहाडमा सामुदायिक वन क्षेत्र ठूलो, जनसंख्या कम र तराई जासंख्या धेरै, वनको मात्रा कमको अवस्था आएको बताउँनुहुन्छ । उहाँ सामुदायिक वनको दिगोपनाका लागि बहुआयामिक उपयोगमा जोड दिनुपर्ने धारणा राख्नुहुन्छ ।
सङ्घीयता आइसकेपछि सामुदायिक वनको व्यवस्थापन र सञ्चालनमा तात्विक फरक नआएको बताउँदै उहाँ केही प्रदेशले आफूले लगाउन पाउने शुल्क कर लगाएको र यस बारेमा आवाज उठेपछि कुनै प्रदेशले कर छुट पनि गरेको उल्लेख गर्नुहुन्छ ।
त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राडा राजेशकुमार राई वन व्यवस्थापनमा बदलिँदो सामाजिक, आर्थिक र वातावरणीय परिवर्तनसँगै बदलिएको उपभोक्ताको आवश्यकतालाई ध्यान दिनुपर्ने बताउँनुहुन्छ । “अबको सामुदायिक वनको संरचना स–साना वनका टुक्राको कार्ययोजनाभन्दा पनि जलाधार क्षेत्रस्तरीय वन व्यवस्थापन योजना बन्नुपर्छ,” उहाँ भन्नुहुन्छ, “यसबाट जलाधार क्षेत्रमा रहेका सामुदायिक वनको बैंकको स्थापना गर्नुपर्दछ । वनको स्थिति र अवस्थिति हेरेर ‘पारिस्थितिकीय वन’को अवधारणामा वनको व्यवस्थापन गर्नु आजको आवश्यकता हो ।”
–––

मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने
भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ३.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ५.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.