• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असोज ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

एकैपटक दुईसय जनालाई सेवा दिदै न्यू मामाघर तन्दुरी रेष्टुरेण्ट


असोज १७, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित लायन्सचोकमा नयांँ व्यवस्थापन सहित न्यू मामाघर तन्दुरी रेष्टुरेण्ट एण्ड थकाली भान्छा घर सञ्चालनमा आएको छ । विगत ८ बर्षदेखि सञ्चालनमा आएको उक्त रेष्टुरेण्ट थप संरचना सहित औपचारिक रुपमा बिहीबारबाट सञ्चालनमा आएको हो ।

रेष्टुरेण्टको उद्धघाटन होटल व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुके, चितवन होटल व्यवसायी संघ, उद्योग वाणिज्य संघका पदाधिकारी, चेम्बर अफ कमर्सका पदाधिकारी लगायतले गरेका हुन् ।

उद्दघाटनपछि बोल्दै प्रमुख अतिथि समेत रहेका चुकेले हालको बिषम परिस्थितिमा पनि होटलको सेवा विस्तार गर्नु चुनौति र अवसर दुबै रहेको बताए । ‘अहिले सबै क्षेत्र तहसनहस छ , तर हामीले हिम्मत हार्नुहुन्न ।’ चुकेले भने । भरतपुर भ्रमण बर्षले होटल व्यवसायीलाई राहत दिएको भन्दै उनले दक्ष जनशक्ति उत्पादनको लागि आफुहरु तालिम केन्द्र बनाउने तयारीमा रहेको बताए ।

रेष्टुरेण्टका सञ्चालक एवं होटल व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष ऋषिकेश अर्यालले ग्राहकको माग र आवश्यकता अनुसार रेष्टुरेण्टको संरचना संँगै सेवा विस्तार गरेको बताए ।

‘म आफै बिदेशबाट फर्केर यही व्यवसायमा गर्छू भनेर रेष्टुरेण्ट खोलें, सञ्चालक अर्यालले भने , गुणस्तरीय सेवा सहित सेवा विस्तार गरेको हुंँ । यस व्यवसायमा मेरो लामो अनुभव र लगाव पनि छ ।’

अर्यालका अनुसार रेष्टुरेण्टमा इन्डियन , चाइनिज , कन्टिनेण्टल परिकार पाउनुका साथै स्थानीय रैथाने खानाका साथै थकाली भान्छाको स्वाद ग्राहकले पाउनेछन । हाल रेष्टुरेण्टमा ८० लख बराबरको लगानी , २०० जनालाई एकैपटक सेवा दिने क्षमता र १५ जनाले प्रत्यक्ष रोजगारी पाएको उनले बताए । कार्यक्रममा सहभागी भरतपुर वडा नम्बर १ का अध्यक्ष केशव महर्जन, वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट, होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट , पूर्व अध्यक्ष कमल शर्मा, मेघौली च्याप्टरका अध्यक्ष सन्देश चापागाईं, घर बहाल उपभोक्ता मञ्च, चितवनका अध्यक्ष जनकलाल कट्टेल, उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुबेदी, चितवन चेम्बरका उपाध्यक्ष सोमप्रसाद काप्रीले व्यवसायलाई थप गुणस्तर दिन आग्रह गर्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उद्योगी, व्यवसायी, होटल तथा रेष्टुरेण्ट व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.