Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

माथिल्लो मनाङमा हिमपात

मनाङ, १२ असोज : देशभरि मनसुन सक्रिय भएसँगै हिमाली जिल्ला मनाङमा हिमपात भएको छ । माथिल्लो मनाङका टङ्की, खाङ्सार, तिलिचो बेसक्याम्प, थोराङ्ला भञ्ज्याङ, नार, फुलगायत क्षेत्रमा हिमपात भएको हो ।

हिमपातले माथिल्लो मनाङमा पर्यटक तथा स्थानीयको जनजीवन प्रभावित बनेका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार ङिस्याङ गाउँपालिकाको हुम्डेबाट माथिल्लो क्षेत्र र नार्पाभूमि गाउँपालिकामा हिमपात भएको छ ।

हिमपात भएपछि पदयात्री, पर्यटक, स्थानीयलाई सडक तथा सवारीसाधनको अवस्था विश्लेषण गरेर मात्र यात्रा तय गर्न सूचित गरिएको प्रजिअ आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हिमापत हुन सुरु भएको भएको छ, हालसम्म अधिक हिमपात भने भएको छैन । यहाँ रहेका पर्यटक रमाइरहेका छन्, तर यात्रा नगर्न आग्रह गरिएको छ ।”

बिहीबार साँझदेखि लगातार वर्षा हुँदा शुक्रबार रातिदेखि हिमपात भइरहेको हो । नार र फू गाउँका साथै मेता र गाउँपालिका केन्द्र च्याखुमा पनि हिमपात भइरहेको नार्पाभूमि गाउँपालिकाका सूचना अधिकारी महेश पाख्रिनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नारमा डेढ फिट र फूमा छ इन्च हिउँ जमेको छ ।”

किसानले यतिबेला करु काटेर खेत र छतमा सुकाएका थिए । हिउँ छिट्टै पर्दा आलुबालीलाई पनि हिउँले पुरेको छ । यसले किसानमा चिन्ता थपिएको छ ।

“काङ्ला पास गर्ने पर्यटक नारमा रोकिएका छन्, हिमलुङ हिमाल चढ्न जाने पर्यटक भने हिँडेको गएका छन्, यो हिउँ पर्ने समय नभए पनि हिमपात सुरु भएसँगै चिसो बढेको छ”, पाख्रिनले भन्नुभयो ।

जिल्लास्थित पर्यटन व्यावसायी समितिका अध्यक्ष विनोद गुरुङले मनाङ गाउँमाथि हिउँ परिरहेकाले जनजीवन प्रभावित बनेको बताउनुभयो । हिउँले पर्यटक आवागमनलाई खासै फरक नपरे पनि किसानलाई बाली स्याहार्न समस्यामा पारेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “समय अघि हिउँ परेपछि किसानलाई गहुँ, फापरलगायत अन्नबाली थन्क्याउन सास्ती भएको हो ।”

माथिल्लो क्षेत्र तिलिचो र थोराङ्ला क्षेत्रमा हिउँ परिरहेको भन्दै अचानक हिमपात हुँदा पर्यटक भने हिउँमा रमाइरहेका बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलले पर्यटकीय सिजन सुरु भएको बेला हिमपात हुँदा पर्यटक थप उत्साहित भएका भएको बताउनुभयो । देशभर मौसम बदली रहेकाले मौसममा सुधार नभएसम्म सुरक्षित स्थानमा रोकिन पर्यटकलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

शनिबार, असोज १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय

  • १.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३.

  • ४.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ५.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ६.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ७.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ८.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.