• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, फागुन २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ६. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ७. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ८. घट्यो सुनचाँदीको मूल्य

  • ९. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • १०. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

चालीस वर्षदेखि सारङ्गी रेट्दै  लालबहादुर

देउखुरी (दाङ), २४ भदौ : टालेको झुत्रो झोला, हातमा सारङ्गी । त्यही सारङ्गी रेट्दै घरघरमा मिठो धुन सुनाउँदै हिँड्नुभएका सल्यान खलङ्गाका ५५ वर्षीय लालबहादुर गन्धर्व हालै यहाँको घोराही बजार आइपुग्नुभएको छ ।

“सारङ्गी रेटेर धुन बजाउँदै गीत गाउन थालेको ४० वर्षभन्दा धेरै भयो, सारङ्गी बजाउँदा आफू अझै जवान भएजस्तो लाग्छ, सारङ्गीको घुन निकालेपछि झन् जोशजाँगर बढेर आउँछ,” उहाँ भन्नुहुन्छ । सल्यान, दाङ, रोल्पा, रुकुम र काठमाण्डौँ लगायतका शहर तथा बस्तीमा पुगेर सारङ्गी बजाएर गीत गाउने गरेको उहाँले बताउनुभयो ।

घरमा सानै उमेरदेखि बाउबाजेबाट सारङ्गी रेट्ने सीप सिक्नुभएका लालबहादुरले १५ वर्षको उमेरदेखि यही पेसा अपनाउनुभयो । “हिजोआज कसैले राम्रो मानेर गीत सुन्न खोज्छन् त कसैले बाहिरबाट पठाउँछन्,” उहाँले भन्नुभयो ।

जग्गा जमिन केही नभएपनि सारङ्गीको धुन र गीत गाएरै परिवारको जिविका चलाउँदै आएको उहाँको भनाइ छ । उहाँले सात वटी छोरीमध्ये पाँचको विवाह गरिसक्नुभएको छ । दुई छोरी तुलसीपुर– १७ स्थित मावि दुधरासमा कक्षा आठ र ११ मा पढ्छन् । आफूले नपढे पनि छोरीलाई पढाउने सोचाइ रहेको उहाँले बताउनुभयो । गीत गाएर दिनमा एक हजारदेखि तीन हजारसम्म कमाउने गर्नुहुन्छ । समाजबाट लोप हुँदै गएको गन्धर्व जातिको पुरानो मौलिक संस्कृति धान्न गाउँगाउँमा पुग्ने गरेको उहाँ बताउनुहुन्छ ।

अहिलेसम्म घुमेको ठाउँमा रोल्पा सबै भन्दा राम्रो लागेको स्मरण गर्नुभयो । रोल्पामा गाइने आयो भने चाडवर्प आए जस्तो हुन्छ भनेर सिदा (चामल, दाल) दिने गरेको बताउनुभयो । सारङ्गी बजाउन युवा पुस्ताले चासो नदिँदा गन्धर्व पेशा लोप हुने चिन्ता उहाँलाई छ । “मेरा छोरीले बजाउँदैनन् म पछिको पुस्ताले सारङ्गी छुदैनन्,” उहाँले भन्नुभयो ।

गाइनेको रुपमा हिँड्दा एकातिर संस्कृति संरक्षण अर्कोतिर रमाइलो गरी जीवन चलिरहने र देशका विभिन्न ठाउँ हेर्ने अवसर मिल्ने उहाँको अनुभव छ । उहाँ गीतकै माध्यमबाट आफ्ना भावना पनि व्यक्त गर्नुहुन्छ ।

पछिल्ला समय सारङ्गी रेटेर गाउँगाउँमा गीत गाउँदै हिँड्ने गन्धर्वको सङ्ख्या घट्दो छ । केही पाकापुस्ताले संस्कृति जेनतेन धान्दै आए पनि गन्धर्व समुदायका युवापुस्ताले चासो दिएको पाइँदैन  ।

सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
घट्यो सुनचाँदीको मूल्य
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ६.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.