• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, मङि्सर ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो

आज देशभरको मौसम मुख्यतया सफा रहने

आज मिति २०८३ साल मंसिर ११ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

जनता मावि हर्कपुरमा ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

बोस्टन कलेजमा दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नारायणी महोत्सवभित्र जिरो ग्र्याभिटी राइडमा युवायुवतीको घुईंचो

आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

आज मिति २०८३ साल मंसिर ७ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

लोकप्रिय समाचार

  • १. नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

  • २. प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

  • ३. आजको मौसम : कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

  • ४. आज मिति २०८३ साल मंसिर ६ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. जनता मावि हर्कपुरमा ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

  • ६. चितवनमा मेसिनबाट आलु रोपियो

  • ७. काठमाडौंमा पार्किङ गरेर राखेको माइक्रो चोरी, दुई जना पक्राउ

  • ८. नारायणी महोत्सवमा आज शनिबार दर्शकको घुईंचो

  • ९. आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  • १०. नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द

बोस्टन कलेजमा यसै वर्षबाट बिएचएम पढाइ हुने


चितवन, ७ भदौ । चितवनको भरतपुर–१० हाकिमचोकमा रहेको बोस्टन इन्टरनेशनल कलेजले यसै वर्षबाट बिएचएम कार्यक्रम सञ्चालन गर्ने भएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएको कलेजले यसअघि बीबीए, बीबीए–फाइनान्स, बिसिएसआइटी एवं एमबिए गरी चारवटा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो ।

बिएचएम कार्यक्रम चार वर्षे स्नातक कार्यक्रम भएको कार्यक्रमका सहसंयोजक विमल अर्यालले बताउनुभयो । उहाँले यस कार्यक्रमले मुख्य रुपमा हस्पिटालिटी म्यानेजमेन्टलाई केन्द्रित गर्दै विद्यार्थीहरूलाई खाद्य र पेय तयारी र सेवा, आवास सञ्चालन, फ्रन्ट अफिस सञ्चालन, कम्प्युटर सफ्टवेयर सञ्चालन, आतिथ्य सञ्चार, बिक्री र मार्केटिङ, जनसम्पर्कका साथै अन्य विषयहरूमा सैद्धान्तिक र व्यवहारिक विज्ञता उन्मुख ज्ञान प्रदान गर्दै हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्रमा समग्र विद्यार्थीहरुलाई अग्रणी स्थान हासिल गर्न मद्दत पु¥याउने बताउनुभयो ।

कार्यक्रमको बारेमा थप जानकारी दिनेगरी आगामी भदौ ११ गते कलेजले ओपन हाउस कार्यक्रम आयोजना गर्न लागेको उहाँको भनाइ छ । उक्त ओपन हाउस कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्पिटालिटी क्षेत्रका विषयविज्ञहरू मार्फत बिएचएम कार्यक्रमबारे पूर्ण रुपमा जानकारी गराइने अर्यालले बताउनुभयो ।
ओपन हाउस कार्यक्रममा आइटिसी होटल इन्डियाका पूर्व उपाध्यक्ष एवम् बोस्टन कलेजका बिएचएम कार्यक्रमका कन्सल्टेन्ट मनोज मनोज वीरमानी, नेपालको पहिलो फाइभ स्टार एक्जिक्युटिभ सेफ गोविन्द नरसिंह केसी, बिबिसी मास्टरसेफ २०२० सन्तोष शाह एक्जिक्यटिभ सेफ लन्डन, भिभान्त चितवनका म्यानेजर मुदित माथुर, बाराही जङ्गल रिसोर्टका जेनेरल म्यानेजर प्रकाश चन्द, ईम्प्याक्ट पोलिनेट ग्रुपका संस्थापक निर्देशक सीता अधिकारी, सिएमटी रिसोर्टका एक्जिक्युटिभ सेफ एवम् बोस्टन कलेजका प्राध्यापक राजन कुमाल, मेघौली सेराई – अ ताज सफारीका एचआर प्रमुख रघुनाथ प्रजापतीसहितका विज्ञहरु सहभागी हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यसैबीच, बिएचएम अभिमुखीकरण कार्यक्रम यही सेप्टेम्बर २२ र २३ मा डिलक्स फाइभ स्टार होटेल काठमाडौँ मेरियटमा हुने कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले बताउनुभयो । कलेजमा बिएचएममा भर्ना हुने विद्यार्थीका लागि कम्तिमा ४०० घण्टा भन्दा बढी पेड वर्क उपलब्ध गराउने, १८ महिनाको इन्टर्नसिप कार्यक्रममा सहभागी गराइने, पाँचवटा भन्दा बढी पाँचतारे होटलको अध्ययन भ्रमण गराइने चन्दको भनाइ छ । त्यस्तै, विद्यार्थीहरुलाई निःशुल्क फ्रेन्च र चाइनिज भाषाको अध्यापन गराउँदै रोजगारीको सतप्रतिशत व्यवस्था गरिने चन्दको भनाइ छ ।

शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो
जनता मावि हर्कपुरमा ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
बोस्टन कलेजमा दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
नारायणी महोत्सवभित्र जिरो ग्र्याभिटी राइडमा युवायुवतीको घुईंचो
पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग
काठमाडौंमा पार्किङ गरेर राखेको माइक्रो चोरी, दुई जना पक्राउ

लोकप्रिय

  • १.
    नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

  • २.
    प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

  • ३.
    आजको मौसम : कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

  • ४.
    आज मिति २०८३ साल मंसिर ६ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५.
    जनता मावि हर्कपुरमा ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

  • ६.
    चितवनमा मेसिनबाट आलु रोपियो

भर्खरै

  • १.
    चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो

  • २.
    आज देशभरको मौसम मुख्यतया सफा रहने

  • ३.
    आज मिति २०८३ साल मंसिर ११ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    जनता मावि हर्कपुरमा ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

  • ५.
    बोस्टन कलेजमा दोस्रो बीआईसी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

  • ६.
    नारायणी महोत्सवभित्र जिरो ग्र्याभिटी राइडमा युवायुवतीको घुईंचो

  • ७.
    आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  • ८.
    आज मिति २०८३ साल मंसिर ७ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.