• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

लोकप्रिय समाचार

  • १. हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ६. घट्यो सुनचाँदीको मूल्य

  • ७. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ८. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ९. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • १०. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

झरीमा पोखरा साहित्यमय


गण्डकी, साउन २७- सप्ताहन्तको फुर्सदलाई पोखरेली वाङ्मयप्रेमीले साहित्यको रसस्वादनमा खर्चिए । कतै मुक्तक सुनिए, कहीँ गजल । उपन्यासमाथिको बहसदेखि नाट्यकृतिको लोकार्पण एकै दिन भए । पोखरा झरीको याममा पनि साहित्यमय बन्यो । पोखरा महानगरपालिका–२६ मा शनिबार आयोजित ‘वडा उत्सव’मा चर्चित गजलकार प्रदीप रोदन, मन क्षेत्री र कपिल शर्मा प्रस्तुत हुनुभयो । रोदनले सात, क्षेत्री र शर्माले छ÷छ गजल सुनाउनुभयो ।

‘गजब्बको माहोल जम्यो’, गजलकार क्षेत्रीले भन्नुभयो । वडा कार्यालयले गजलकारहरुलाई मञ्चमा उभ्याएको हो । तीनै गजलकारले झन्डै एक घण्टा गजलको महफिल जमाए । पत्रकार एवं आख्यानकार अखण्ड भण्डारी पनि शनिबार यहाँका पाठकमाझ प्रस्तुत हुनुभयो । आफ्नो उपन्यास कृति ‘बोरा’ माथिको परिचर्चा कार्यक्रममा उहाँले उपन्यास लेखनको अनुभव र रचनागर्भ सुनाउनुभयो । ‘¥यान्डम रिडर्स सोसाइटी’द्वारा आयोजित उक्त कार्यक्रममा उपप्राध्यापक राजिन पनेरुले ‘बोरा’माथिको समालोचनात्मक टिप्पणी गर्नुभयो ।

कार्यक्रममा उपन्यासबारे बौद्धिक पाठकहरुले जिज्ञासा तथा सुझाव राखेका थिए । पाठकसँगको संवादमा आख्यानकार भण्डारीले आफ्नो लेखकीय अनुभव बाँड्नुभयो । अन्नपूर्ण पोष्ट दैनिकका सम्पादकसमेत रहनुभएका उहाँले उपन्यास सत्य घटनामा आधारित रहेको बताउनुभयो । आफू पत्रकारसमेत भएकाले उपन्यासका माध्यमबाट समाजका घटना र प्रवृत्तिलाई पस्किन सहज भएको उहाँले सुनाउनुभयो ।

पुछारसिटे अभियानको आयोजनामा कवि सञ्जीव पौडेलको कवितासङ्ग्रह ‘जून ओर्लेको रात’माथि पनि शनिबार नै परिचर्चा गरियो । साहित्यकार सरु भक्त, तीर्थ श्रेष्ठलगायत सो कार्यक्रममा सहभागी भए । उक्त कविता कृतिमाथि डा भूमिराज बस्ताकोटीले टिप्पणी गर्नुभयो ।

नारी प्रतिभा वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा कवि सिर्जना अर्यालको नाट्यकृति मुर्दाघरको लोकापर्ण पनि शनिबार नै भयो । गण्डकी प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आयोजित उक्त कार्यक्रममा कवि अर्यालले एकल कविता वाचनसमेत गर्नुभयो । मुक्तक मञ्च केन्द्रीय समितिले एक सय ९५औँ मुक्तक वाचन शृङ्खला आयोजना ग¥यो । चौकीस मुक्तककारले आफ्नो चोटिला मुक्तक सुनाए ।

हरेक महिनाको अन्तिम शनिबार मुक्तक वाचन कार्यक्रम आयोजना गर्ने गरिएको मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यले जानकारी दिनुभयो । “मञ्चको कार्यक्रममा विशेषगरी चतुस्पदी मुक्तक सुनाउने गरिन्छ”, उहाँले भन्नुभयो । विसं २०६५ मा स्थापित उक्त संस्था मुक्तक विधाको उन्नयनमा समर्पित छ । शनिबार नै लोकगायक कल्याण शेरचनलाई पोखरामा सम्झिइयो । कल्याण शेरचन स्मृति प्रतिष्ठानको १४औँ वार्षिक साधारणसभामा उहाँको योगदानबारे चर्चा गरियो ।

पोखरामा भाषा, साहित्य र संस्कृतिका श्रीवृद्धिमा दर्जनौँ संस्था क्रियाशील छन् । उनीहरुले हरेक साता कुनै न कुनै साहित्यिक गतिविधि गर्दैआएका छन् । उनीहरुले साहित्यिक पुरस्कार तथा सम्मानसमेत प्रदान गर्दै आएका छन् । पोखरेली युवा सांस्कृतिक परिवारलगायत यसको अग्रणी भूमिकामा देखिन्छन् । नेपालमै पहिलोपटक २०३५ सालमा टिकटमा मुक्तक कार्यक्रम आयोजना गरेको श्रेय पनि उक्त परिवारलाई जान्छ । त्यसबेला उक्त कार्यक्रममा दिवङ्गत साहित्यकार हरिभक्त कटुवाल प्रमुख अतिथिका रुपमा पोखरा आउनुभएको थियो ।

पोखरेली सर्जक फणिन्द्र अकिञ्चनले कला, साहित्यको उत्थानमा संस्थागत पहल पोखरेली युवा सांस्कृतिक परिवार गठन भएयता सुरु भएको बताउनुभयो । “अहिले दर्जनौँ साहित्यिक संस्था यहाँ सक्रिय छन्, शनिबार त साहित्यिक कार्यक्रममा पुग्नै भ्याइनभ्याइ हुन्छ”, उहाँले भन्नुभयो, “पहिले रचना वाचन बढी हुन्थ्यो, अहिले साहित्यिक पुस्तकमाथि बौद्धिक र विमर्शका कार्यक्रम हुन थालेका छन् ।”

काठमाडौँमा बसेर लेखिरहेका कवि, लेखकहरु त्यस्ता कार्यक्रमका लागि बरोबर पोखरा आइरहन्छन् । ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले नियमित रुपमा साहित्यिक कृतिमाथि परिचर्चा कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो । पोखरा कला, साहित्य र संस्कृतिले धनी सहर हो । बूकवर्म फाउन्डेसनले गर्दै आएको नेपाल साहित्य महोत्सव पनि केही वर्षदेखि पोखरामा हुँदै आएको छ । रासस

आइतबार, साउन २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन
हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ
ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते
१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
घट्यो सुनचाँदीको मूल्य
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

लोकप्रिय

  • १.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ६.
    घट्यो सुनचाँदीको मूल्य

भर्खरै

  • १.
    दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • २.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • ३.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ४.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५.
    घट्यो सुनचाँदीको मूल्य

  • ६.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ७.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ८.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.