• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

झरीमा पोखरा साहित्यमय

गण्डकी, साउन २७- सप्ताहन्तको फुर्सदलाई पोखरेली वाङ्मयप्रेमीले साहित्यको रसस्वादनमा खर्चिए । कतै मुक्तक सुनिए, कहीँ गजल । उपन्यासमाथिको बहसदेखि नाट्यकृतिको लोकार्पण एकै दिन भए । पोखरा झरीको याममा पनि साहित्यमय बन्यो । पोखरा महानगरपालिका–२६ मा शनिबार आयोजित ‘वडा उत्सव’मा चर्चित गजलकार प्रदीप रोदन, मन क्षेत्री र कपिल शर्मा प्रस्तुत हुनुभयो । रोदनले सात, क्षेत्री र शर्माले छ÷छ गजल सुनाउनुभयो ।

‘गजब्बको माहोल जम्यो’, गजलकार क्षेत्रीले भन्नुभयो । वडा कार्यालयले गजलकारहरुलाई मञ्चमा उभ्याएको हो । तीनै गजलकारले झन्डै एक घण्टा गजलको महफिल जमाए । पत्रकार एवं आख्यानकार अखण्ड भण्डारी पनि शनिबार यहाँका पाठकमाझ प्रस्तुत हुनुभयो । आफ्नो उपन्यास कृति ‘बोरा’ माथिको परिचर्चा कार्यक्रममा उहाँले उपन्यास लेखनको अनुभव र रचनागर्भ सुनाउनुभयो । ‘¥यान्डम रिडर्स सोसाइटी’द्वारा आयोजित उक्त कार्यक्रममा उपप्राध्यापक राजिन पनेरुले ‘बोरा’माथिको समालोचनात्मक टिप्पणी गर्नुभयो ।

कार्यक्रममा उपन्यासबारे बौद्धिक पाठकहरुले जिज्ञासा तथा सुझाव राखेका थिए । पाठकसँगको संवादमा आख्यानकार भण्डारीले आफ्नो लेखकीय अनुभव बाँड्नुभयो । अन्नपूर्ण पोष्ट दैनिकका सम्पादकसमेत रहनुभएका उहाँले उपन्यास सत्य घटनामा आधारित रहेको बताउनुभयो । आफू पत्रकारसमेत भएकाले उपन्यासका माध्यमबाट समाजका घटना र प्रवृत्तिलाई पस्किन सहज भएको उहाँले सुनाउनुभयो ।

पुछारसिटे अभियानको आयोजनामा कवि सञ्जीव पौडेलको कवितासङ्ग्रह ‘जून ओर्लेको रात’माथि पनि शनिबार नै परिचर्चा गरियो । साहित्यकार सरु भक्त, तीर्थ श्रेष्ठलगायत सो कार्यक्रममा सहभागी भए । उक्त कविता कृतिमाथि डा भूमिराज बस्ताकोटीले टिप्पणी गर्नुभयो ।

नारी प्रतिभा वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा कवि सिर्जना अर्यालको नाट्यकृति मुर्दाघरको लोकापर्ण पनि शनिबार नै भयो । गण्डकी प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आयोजित उक्त कार्यक्रममा कवि अर्यालले एकल कविता वाचनसमेत गर्नुभयो । मुक्तक मञ्च केन्द्रीय समितिले एक सय ९५औँ मुक्तक वाचन शृङ्खला आयोजना ग¥यो । चौकीस मुक्तककारले आफ्नो चोटिला मुक्तक सुनाए ।

हरेक महिनाको अन्तिम शनिबार मुक्तक वाचन कार्यक्रम आयोजना गर्ने गरिएको मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यले जानकारी दिनुभयो । “मञ्चको कार्यक्रममा विशेषगरी चतुस्पदी मुक्तक सुनाउने गरिन्छ”, उहाँले भन्नुभयो । विसं २०६५ मा स्थापित उक्त संस्था मुक्तक विधाको उन्नयनमा समर्पित छ । शनिबार नै लोकगायक कल्याण शेरचनलाई पोखरामा सम्झिइयो । कल्याण शेरचन स्मृति प्रतिष्ठानको १४औँ वार्षिक साधारणसभामा उहाँको योगदानबारे चर्चा गरियो ।

पोखरामा भाषा, साहित्य र संस्कृतिका श्रीवृद्धिमा दर्जनौँ संस्था क्रियाशील छन् । उनीहरुले हरेक साता कुनै न कुनै साहित्यिक गतिविधि गर्दैआएका छन् । उनीहरुले साहित्यिक पुरस्कार तथा सम्मानसमेत प्रदान गर्दै आएका छन् । पोखरेली युवा सांस्कृतिक परिवारलगायत यसको अग्रणी भूमिकामा देखिन्छन् । नेपालमै पहिलोपटक २०३५ सालमा टिकटमा मुक्तक कार्यक्रम आयोजना गरेको श्रेय पनि उक्त परिवारलाई जान्छ । त्यसबेला उक्त कार्यक्रममा दिवङ्गत साहित्यकार हरिभक्त कटुवाल प्रमुख अतिथिका रुपमा पोखरा आउनुभएको थियो ।

पोखरेली सर्जक फणिन्द्र अकिञ्चनले कला, साहित्यको उत्थानमा संस्थागत पहल पोखरेली युवा सांस्कृतिक परिवार गठन भएयता सुरु भएको बताउनुभयो । “अहिले दर्जनौँ साहित्यिक संस्था यहाँ सक्रिय छन्, शनिबार त साहित्यिक कार्यक्रममा पुग्नै भ्याइनभ्याइ हुन्छ”, उहाँले भन्नुभयो, “पहिले रचना वाचन बढी हुन्थ्यो, अहिले साहित्यिक पुस्तकमाथि बौद्धिक र विमर्शका कार्यक्रम हुन थालेका छन् ।”

काठमाडौँमा बसेर लेखिरहेका कवि, लेखकहरु त्यस्ता कार्यक्रमका लागि बरोबर पोखरा आइरहन्छन् । ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले नियमित रुपमा साहित्यिक कृतिमाथि परिचर्चा कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो । पोखरा कला, साहित्य र संस्कृतिले धनी सहर हो । बूकवर्म फाउन्डेसनले गर्दै आएको नेपाल साहित्य महोत्सव पनि केही वर्षदेखि पोखरामा हुँदै आएको छ । रासस

आइतबार, साउन २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.