• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

घरबासको आकर्षण बन्दै ‘पानीघट्ट’

मनाङ, साउन २३-  पछिल्लो समय नेपालमा पनि भ्रमण तथा अवलोकन गर्ने परम्परा विकास हुँदै गएको छ । अधिकांश पर्यटकीय गन्तव्यमा बाह्य पर्यटकका साथै आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति देख्न सकिन्छ । पर्यटक कम मूल्यमा रमणीय स्थान घुम्न र बसाइँ लम्ब्याउन चाहन्छन् ।

हिमाली जिल्ला मनाङ भ्रमणमा आउने नेपाली तथा विदेशी सबैको रोजाइमा घरबास ९होमस्टे० पर्ने गरेका छन् । घरबासमा बनाइने खानाका परिकार, सत्कार र रहनसहनले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दछ । नासोँ गाउँपालिका–४ स्थित ओडारगाउँ र नासोँ–८ स्थित ताचै घरबास यहाँ सञ्चालित छन् ।

यहाँ सञ्चालित घरबासको आकर्षण फरक रहेको बताउँदै मनाङ आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण अहिले पानीघट्टा पर्ने गरेको नासोँ-८ का वडाध्यक्ष याद घलेले बताउनुभयो । अधिकांश स्थानमा विद्युतीय मेसिनरी पुगेपछि परम्परागत पानीघट्टा मासिएका भन्दै लोपोन्मुख हुँदै गएको पानीघट्टा हेर्न र यसबाट कुटानीपिसानी भएका खाद्यवस्तुको स्वाद लिन पर्यटक थप उत्साहित हुने गरेका उहाँले उल्लेख गर्नुभयो ।

“अन्नपूर्ण पदमार्गमा भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा घरबासको पानीघट्टामा पर्ने गरेको छ । विशेषगरी मनाङका घरबासमा पाहुनालाई रैथाने तथा जैविक खानेकुराले स्वागत गरिन्छ”, वडाध्यक्ष घलेले भन्नुभयो । जैविक खानेकुराको स्वादले पर्यटकलाई लोभ्याउने गरेको भन्दै ताचै घरबासले पानीघट्टमा पिसेका पिठोबाट विभिन्न परिकार बनाएर पाहुनालाई खुवाउने गरेको उहाँले जानकारी दिनुभयो ।

“विद्युतीय मेसिनमा कुटानीपिसानी गरिएका भन्दा पानीघट्टमा पिसिएका खाद्यान्न स्वादिष्ट हुन्छन् । यसले गर्दा पानीघट्टतर्फ पर्यटकको आकर्षण बढ्दै गएको हो । पानीघट्ट नदेखेका पर्यटक कुटानीपिसानीका क्रममा सञ्चालन गरिने पानीघट्ट हेर्न थप उत्साहित हुन्छन् । पानीघट्टमा कुटानीपिसानी गरिएका खाद्यवस्तु पाहुनाले पनि मिठो मानेर खाएको प्रतिक्रिया पाएका छौँ”, वडाध्यक्ष घलेले भन्नुभयो । पर्यटकलाई नयाँ स्वाद दिनुका साथै पानीघट्टको प्रयोगसँगै संरक्षणमा यहाँका घरबास लागेका उहाँको भनाइ छ ।

धानखेती नहुने मनाङमा जौ, गहुँ, करु, उवा, फापर उत्पादन हुन्छ । यहाँका स्थानीयले बारीमा उत्पादन भएका रैथाने बालीलाई पानीघट्टमा पिसेर विभिन्न परिकार बनाइ खाने÷खुवाउने गर्दछन् ।

ताचैकी स्थानीय चन्द्रकाशी घलेले भन्नुभयो, “कहिले काँचै त कहिले भुटेर पिँध्ने गर्छौँ, यसरी पिस्दा पौष्टिक तत्व पनि नष्ट हुदैन र स्वादिलो पनि हुन्छ । हाम्रो होमस्टेका पाहुनाले अन्य परिकार भन्दा पानीघट्टमा पिसिएका परिकार मिठो मानेर खानुहुन्छ ।” पाहुनाले रुचाउने, स्वादिलो हुने, पौष्टिक तत्व नष्ट पनि नहुने भएकाले पानीघट्टको प्रयोग गरिएको भन्दै उहाँले यसबाट पानीघट्टको संरक्षण हुनाका साथै पर्यटक प्रवर्द्धन गर्न सकिने धारणा राख्नुभयो ।

ताचैकी योगमाया घलेले पनि घट्टमा पिसेको पिठोबाट बनेका खानेकुरा स्वादिलो हुने, बिरामी नहुने भएकाले आफूहरूले उपभोग गर्ने खाद्यान्न घट्टमा नै पिस्ने गरेको बताउनुभयो । उहाँले पाहुनाले स्वाद मानी मानी खाएपछि सोध्ने गरेको र पोषकयुक्त रैथाने परिकार रुचाउने गरेका बताउनुभयो ।

त्यस्तै चामेका युवा उद्यमी शेराप विष्ट आफ्नो होमस्टेमा आउने पाहुनालाई फापरको रोटी, गहुँको भक्रिन (एक प्रकारको डल्लो पारेर बनाइने तिब्बेतियन परिकार), चम्पा, बटर चिया, मौसम अनुसारका फलफूललगायत खानेकुराले स्वागत गर्ने गरेको बताउनुभयो । उहाँले मनाङका रैथाने बालीबाट बनाइएका परिकार महँगो पर्ने हुनाले व्यवसायमा नाफा कम भए पनि पर्यटक खुसी हुने गरेको अनुभव सुनाउनुभयो ।

विष्टले भन्नुभयो, “पर्यटकलाई घट्टमा पिसेको खानेकुरा खुवाएर मात्रै हुँदैन, यसबारेमा बुझाउन पनि सक्नुपर्छ ।” पर्यटकलाई यहाँ बन्ने परिकारका बारेमा जानकारीसहित विदेशी नागरिकले पानीघट्ट सञ्चालन भएको हेर्न रुचाउने गरेका उहाँको भनाइ छ । पछिल्लो समय यहाँका घरबासको आकर्षण पानीघट्ट बनेको छ । रासस

बुधबार, साउन २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.