काठमाडौँ : कलाकार सागर लम्साल ‘बले’ले विवाह गरेका छन्। हाँस्य कलाकारसमेत रहेका लम्सालको आइतबार चावहिलको एक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिएको छ। उनले भक्तपुरको एक अस्पतालमा काम गर्ने नर्स स्नेहा दंगालसँग मागी विवाह गरेका हुन्।उनी कमेडी सिरियल सक्किगोनीका कलाकार हुन्। उनी केही समयअगाडि कमेडी सिरियल भद्रगोलमा समेत आवद्ध थिए। उनले धेरै म्युजिक भिडियोमा समेत अभिनय गरेका छन्।
“हाँस्य कलाकार सागर ‘बले’ को जीवनमा नयाँ अध्याय: नर्ससँग रचाए विवाह बन्धन”
“हाँस्य कलाकार सागर ‘बले’ को जीवनमा नयाँ अध्याय: नर्ससँग रचाए विवाह बन्धन”
तपाईको प्रतिक्रिया