• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

कालिकाको सार्वजनिक सुनुवाइः गुनासो भन्दा सुझाव बढी


चितवन, असार २७- कालिका नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को तेस्रो चौमासिक तथा वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरबासीले गुनासो भन्दा सुझाव बढी दिएका छन् । एकवर्षको अवधिमा नगरपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे समीक्षागर्दै नगरबासीको गुनासो तथा सुझाव संकलनका लागि कालिकाले बुधवार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको थियो ।

कालिका–२ स्थित महिला संजालको सभाहलमा आयोजना गरिएको कार्यक्रममा नगरबासीहरुले गुनासो भन्दा सुझावबढी दिए । विकास निर्माणसँगै पूर्वाधार निर्माणका योजना बनाउँदा सरोकारवालाहरुसँग राय सुझाव लिएर मात्रै योजनाहरु बनाउन सुझाव दिए । कालिका–७ लाहुरे चोकका टेकवहादुर बस्नेतले खाद्यन्नका सामग्रीदेखि दैनिक उपभोग गरिने उत्पादनको गुणस्तर परीक्षणका लागि चासो दिन पालिकालाई सुझाव दिए ।

मह उत्पादनमा कालिका नगरपालिकाले विशेष अनुदान दिएर प्रोत्साहन गरेको भएपनि मह उत्पादन बारे विस्तृत जानकारी दिन नसकेकाले सेवाग्राही ढुक्कसँग मह खान सक्ने अवस्था छैन । त्यसका लागि पालिकाले पहलकदमी लिन सके महले राम्रो स्थान पाउने भन्दै त्यसतर्फ ध्यान दिन उनले सुझाव दिए । बेला बेला स्थानीय बजारहरुको अनुगमनगर्न समेत उनले सुझाव दिए ।

यस्तै कालिका–३ का हिरामणी पोख्रेलले कृषि क्षेत्रलाई प्रवर्द्वन गर्न एक वडा एक प्राविधिक कार्यक्रमलाई जोड दिन सुझाव दिए । उनले पशुपालनका लागि गोठसुधारसँगै भकारो सुधार कार्यक्रमलाई पनि प्राथमिकता दिन आग्रह गरे । स्थानीय स्तरमै माटो परीक्षणको सुविधा दिनेगरी अगाडी बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । उत्पादनको नाममा मनलाग्दी तरिकाले भइरहेको विषादी प्रयोगको न्यूनिकरणमा विशेष ध्यान दिन सुझाव दिए ।

कार्यक्रममा शमीपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले शैक्षिक गुणस्तरका लागि प्रधानाध्यापकहरुसँगको नियमित बैठकका लागि सुझाव दिए । अघिल्लो वर्षहरुमा नियमित बैठक बस्दै आएपनि केही समययता नगरक्षेत्रभित्रका विद्यालयहरुका प्रधानाध्यापकहरुको नियमित बैठक बसेको छैन । यस्तै एसइई परीक्षाको नजिताको विषयमा समीक्षात्मक बैठक बस्नुपर्ने सुझाव दिए । विद्यालयहरुको अनगुमनलाई तीब्र बनाई आवश्यताका आधारमा विद्यालयहरुमा शिक्षक, कर्मचारीको व्यवस्थापनमा ध्यान दिन सके गुणस्तर बृद्धिहुने विश्वास व्यक्त गरे । उनले मेयर आइसकेपछि शैक्षिक क्षेत्रमा धेरै सुधार भएपनि त्यसको प्रचारप्रसार नभएको बताए ।

कार्यक्रममा वीमा अभिकर्ता सुमित्रा महतोले विपन्न स्वास्थ्य वीमा कार्यक्रम यो आर्थिक वर्ष २०८१/८२ मा निरन्तरता पाउँँछ कि पाउँदैन भन्ने जिज्ञासा राखिन । आर्थिक वर्ष २०८०/८१ मा विपन्न समुदायको पालिकाले निशुल्क स्वास्थ्य वीमा गरेको थियो । ‘वीमा अभिकर्ता भएको नाताले विपन्न समुदाले यो पटक हाम्रो वीमा नविकरण पालिकाले गर्छ या गर्दैन भन्ने जिज्ञासा राख्दै आएका छन्’, सुमित्राले भनिन्, ‘सिमान्तकृत समुदायसँगै अन्य जातजातिमा पनि जो विपन्न छ, उनिहरुको अवस्था हेरेर स्वास्थ्य वीमा कार्यक्रममा जोड्न सके यसले वास्तविक विपन्न परिवारले राहत पाउने छन् ।’

नागरिकको गुनासो र सुझावलाई संवोधन गर्दै नगर प्रमुख विनोद रेग्मीले विकास पूर्वाधार निर्माणसँगै आयआर्जनका विषयमा आफुहरु गम्भीर भएर लागेको बताए । पशुपालन, कृषिलाई प्राथमिकतामा राखेको बताउँदै उलने नगरवासीको सुझावलाई सम्पतिको रुपमा लिने बताए ।

‘जवाफदेही हुने संस्कारको विकास भएको छ । वडा अध्यक्षदेखि मेयर, उपमेयर कर्मचारी सबैसँग जतिबेलापनि प्रश्न, जिज्ञासा राख्न सकिने वातावरण पालिकामा बनेको छ’, मेयर रेग्मीले भने, ‘नगरबासीको मुहारमा सधै खुशीयाली बनाउन सकिन्छ भन्ने उद्देश्यले हामी सक्रिय भएर लागिरहेका छौं । कहिले काही कामगर्दै जाँदा सानातिना समस्याहरु आउँछन् । हामीबाट पनि कम्जोरी हुन्छ । त्यसलाई अतिरन्जित बनाई सामाजिक संजालमा काल्पनिक कथा बनाइ हामीमाथी प्रहार भइरहेको छ ।’ यस आर्थिक वर्षदेखि ३० लाख लिटर भन्दाबढी दूधमा अनुदान दिएको मेयर रेग्मीले जानकारी दिए ।

नगर उपप्रमुख विमला तमाङले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले चालू आर्थिक वर्षमा भएका कामकार्वाही तथा उपलब्धिबारे प्रकाश पार्दै नागरिकको सुझाव र अपेक्षाअनुसार काम भइरहेको बताए । उनले चालु आर्थिक वर्षको पुँजीगत खर्चबारे जानकारी दिए । कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु, कर्मचारी तथा पत्रकारहरुको सहभागिता थियो ।

बिहिबार, असार २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.