• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

‘एक लाखमा लाइसेन्स, त्यो पनि नक्कली’


काठमाडौं, असार २६- सेवाग्राहीले एक लाख रूपैयाँसम्म तिरेर लिएका सवारीचालक अनुमति–पत्र (लाइसेन्स) सबै नक्कली परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको दोस्रो चरणको अनुसन्धानबाट सेवाग्राहीले ३५ हजारदेखि एक लाख रूपैयाँसम्म तिरेर लिएका लाइसेन्स सबै नक्कली भएको खुलेको हो।

यो समाचार नागरिक दैनिकमा छ, सिआइबीले दोस्रो चरणको अनुसन्धान सिध्याएर सरकारी वकिल कार्यालय काठमाडौंमार्फत जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको अनुसन्धान प्रतिवेदनमा सेवाग्राहीले अनधिकृत रूपमा ३५ हजारदेखि एक लाख रूपैयाँसम्म तिरेर लिएका सबै लाइसेन्स नक्कली भएको उल्लेख छ । यसरी पैसा लिएर नक्कली लाइसेन्स वितरणमा संलग्न यातायात व्यवस्था कार्यालयका कम्प्युटरका कर्मचारीहरू मात्रै अनुसन्धानको दायरमा आएका छन्।

लाइसेन्स वितरणमा भएको अनियमितताको अनुगमन नगर्ने यातायात व्यवस्था विभागका महानिर्देशकहरूलाई प्रहरीले दोस्रो चरणमा पनि अनुसन्धनको दायरामा ल्याउन सकेन। नक्कली लाइसेन्स वितरणबाट मात्रै करिब १० अर्ब रूपैयाँभन्दा बढी उठाइएको थियो। नक्कली लाइसेन्स वितरणमा बिचौलिया, कर्मचारी र अन्य पक्षको पनि संलग्नता छ। यो धन्दामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन चरणबद्ध अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।

सरकारी वकिलले मंगलबार काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको अनुसन्धान प्रतिवेदनअनुसार सेवाग्राहीले ३५ हजार, ५० हजार र एक लाख रूपैयाँ दरले उठाएर यातायात कार्यालयका कर्मचारीलाई बुझाएको उल्लेख छ। अनुसन्धानका क्रममा एक लाख दुई हजार नक्कली लाइसेन्स वितरण भएको र २८ हजार नम्बर कम्प्युटरमा इन्ट्री भएको पाइएको छ। यो विषयमा भ्रष्टारजन्य कसुरमा समेत अनुसन्धान गर्न सिआइबीले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

प्रहरीले यातायात व्यवस्था कार्यालयका कर्मचारीसँग सेटिङ मिलाई नक्कली लाइसेन्स जारी गर्न बिचौलियाको भूमिका निर्वाह गरेका सरोज पाण्डे, एभर भन्ने सोम थापाको यकिन नाम, थर, वतन नखुलेको हुँदा निजहरूलाई हाल प्रतिवादी कायम गर्न नसकिएको र नाम, थर, वतन खुलेका बखतमा प्रतिवादी कायम हुने जनाएको छ। यसैगरी उपसचिव केशव अर्याल, अधिकृत लक्ष्मण पाण्डे, पदमराज आचार्य, सुवास पौडेल, रामकृष्ण श्रेष्ठ, दिलीपकुमार साह, राजेश लम्साल, बिनोद भण्डारी, विवेक भण्डारी, नारायणप्रसाद पाण्डे, ज्ञानराज पाण्डेलगायतले आर्थिक लाभका लागि पदीय हैसियतको दुरूपयोग गरेको सिआइबीले जनाएको छ।

 

बुधबार, असार २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.