• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

गैँडाकोट नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषित


गैँडाकोट । गैँडाकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ ।नगरपालिकाले चालु आर्थिक वर्षमा १६ देखि २३ महिनासम्मका बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खाले खोप लगाई पूर्ण खोप पाएको सुनिश्चित गरेको हुँदा पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले सबैको प्रयासबाट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा भएको घोषणा गर्नुभयो । स्वास्थ्यकर्मीको अथक प्रयासबाट यो सम्भव भएको उहाँको भनाई थियो ।

गैँडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले स्वास्थ्य क्षेत्रमा गरिएको सानो गल्तिले पनि ठूलो मूल्य चुकाउनुपर्ने र ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आउने भएकाले संवेदनशिल भएर लाग्नुपर्ने अवस्थामा समेत त्यो दायित्व भन्दा माथी उठेर देखाएको सक्रियताले नै यो सफलता प्राप्त भएको बताउनुभयो ।

गैँडाकोटका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गर्न योगदान पुराउने सम्र्पूणलाई धन्यवाद ज्ञापन गर्दै यसलाई निरन्तरता दिने सवालमा नगरपालिकाले कहिल्यै स्वास्थ्य र विपदको क्षेत्रमा जोखिम आउन नदिने बताउनुभयो ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्रकुमार सिंहले खोप कार्यक्रम संघीय, प्रदेश र स्थानीय पालिकालाई जोड्ने कडिका रुपमा समेत रहेको बताउँदै अन्य कार्यक्रम रोकिए पनि खोप कार्यक्रम कहिल्यै नरोकिने बताउनुभयो ।

गैँडाकोट स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले सहजिकरण गर्नुभएको सो कार्यक्रममा स्वास्थ्यकर्मीहरुले नृत्य प्रस्तुत गर्नुका साथै चेतनामूलक गीत प्रस्तुत गरेका थिए ।

सो अवसरमा सम्पूर्ण वडाका स्वास्थ्य शाखा कार्यालयहरुलाई सम्मान सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा उपस्थित व्यक्तिहरुले गैँडाकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका कायम राखिरहन मन, बचन र कर्मले प्रतिवद्धता व्यक्त गरे ।

जिल्लाका सम्पूर्ण आठ वटै स्थानीय तहहरुमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान सञ्चालनसँगै घोषणा भइसकेकाले आइतबार जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न लागिएको स्वास्थ्य कार्यालय नवलपुरका जनस्वास्थ्य अधिकृत मुक्तिनाथ भट्टराईले जानकारी दिनुभयो ।

आइतबार, असार २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.