• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

नारायणगढ–बुटवल सडक : काम गर्न छाडेर म्याद थप्न दौडधुप


नवलपुर, असार २२-

जेठ २९ गते नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिम दुवै जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख र सरोकारवालाले निर्माण कम्पनी र ठेकेदारलाई निर्देशन दिए, “नारायणगढ–बुटवल सडकखण्डमा अवरोध भए एक घण्टाभित्र सञ्चालनमा ल्याउनू।” ठेकेदार र निर्माण कम्पनीले हुन्छ भन्दै प्रतिबद्धता जनाए ।

याे समाचार गाेरखापत्र दैनिकमा छ, यो निर्देशन दिएको २० औँ दिनमै प्रतिबद्धता उल्लङ्घन भयो । नारायणगढ–बुटवल सडकखण्डको चोरमारा क्षेत्रमा १२ घण्टासम्म सडक जाम भयो । रातो माटो भएको ओरालो बाटोमा हल्का पानी परेपछि गाडी चल्नै सकेनन् । “१२ घण्टा जाम हुँदा पनि चिनियाँ ठेकेदार कम्पनीले बाटो खुलाउन कुनै प्रयास गरेन, फोन गर्दा धेरैको मोबाइल ‘अफ’ छ । ‘अन’ भएकाहरूको पनि फोन नै उठ्दैन,’’ ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक अच्युत आचार्यले भने ।

यो कुरा जिल्ला प्रहरी कार्यालय, प्रजिअ कार्यालय हुँदै गृह सचिवसम्म रिपोर्टिङ भयो । माथिको आदेशपछि ठेकेदार कम्पनीका चार जनालाई अफिसबाटै उठाएर जिल्ला प्रहरी कार्यालयमा चार घण्टा राखेपछि ठेकेदारले चिप्लो बाटोमा गिट्टी बालुवा ओछ्याउने प्रतिबद्धतासहित फिल्डमा खटिए ।

त्यसको अनुगमन गर्न पत्रकारसहित सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक अच्युत आचार्यसहितको टोली चोरमारा पुग्यो । अनुगमनमा जाँदा पनि दुईरचार ट्रक गिट्टी बालुवा ओछ्याएर टालटुले काम हुँदै थियो । गाडीको जाम अझै उस्तै थियो । प्रहरीले क्रेनले ट्रक धकेल्दै बाटो खुलाउने प्रयास गर्दै थियो ।

तर, ठेकेदारले हुन्छ हुन्छ भनेर पनि काम नगर्ने गरेको ट्राफिक प्रमुख आचार्यको भनाइ छ । “राति १ बजेदेखि जाम भएको हो, एसपी र सिडिओ सा’बबाट दबाब दिएपछि हल्का काम गरे जस्तो गर्छन् तर हरेक पटक गर्छु भनेर पनि काम हुँदैन, व्यवहारमा देखिन्न,” ट्राफिक प्रमुख आचार्यले भने ।

आचार्यका अनुसार रातभरि काम गरेर अप्ठ्यारो र चिप्लो बाटोभरि गिटी बालुवा हालेर ग्राभेल गर्ने सहमति भएको थियो तर अझै पनि भने अनुसार काम गरिएन । “एक सय ट्रकभन्दा बढी गिट्टी बालुवा नहालेसम्म चिप्लो माटो भएको सडकमा गाडी गुड्न लायक हुँदैन,” ट्राफिक प्रमुख आचार्यले भने, “तर रातभरिमा बल्लतल्ल २०र२५ ट्रक हालेको छ । बाटो बल्लतल्ल एकतर्फी सञ्चालन गरेका छौँ ।” सहमति अनुसार बाटो अवरुद्ध भएमा निर्माण कम्पनीले नै मर्मत गरी सडक सञ्चालनमा ल्याउनुपर्ने हो ।

जिल्ला प्रहरी प्रमुख रेग्मीले अनुमान गरिएको भन्दा फरक ठाउँमा ट्राफिक जाम भएको बताए । रेग्मीले भने, “यो ठाउँमा यसरी अवरोध होला भनेर कल्पना पनि गरिएको थिएन, अवरोध भइसकेपछि ठेकेदार कम्पनीलाई कार्यालयमै ‘ब्रिफ’ गरी साइटमै ल्याएर यो अवस्था देखाएर काम गर्न भनेका छौँ ।”

जिल्ला प्रशासन कार्यालयले नारायणगढ–बुटवल सडक आयोजनाको पूर्वी खण्डका प्रमुखलाई जानकारी गराएर समन्वय गर्न आग्रह गर्दा पनि काम नभएको बताएको छ ।

गत वर्ष दोस्रो पटक थपिएको म्याद सकिन अब केही हप्ता मात्र बाँकी छ । साउन ८ गते आयोजनाको म्याद सकिने हो । यो अवधिमा सबै काम सक्नुपर्ने थियो तर अहिलेसम्मको भौतिक प्रगति ५२ प्रतिशत मात्र रहेको ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनका प्रोजेक्ट म्यानेजर राकेश झाले जानकारी दिए ।

अघिल्लो वर्ष म्याद थप्दा झन्डै ४२ प्रतिशत भौतिक प्रगति भएको थियो र त्यसलाई बढाएर ७५ प्रतिशत पु¥याउने र कम्तीमा एकतर्फी बाटो कालोपत्रे गर्ने भनिएको थियो तर थपेको म्याद सकिन केही हप्ता मात्र बाँकी छँदा पनि भने अनुसारको प्रगति नदेखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

शनिबार, असार २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.