चितवन, पुस ४- चितवनको कालिका नगरपालिकामा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
कालिका–४ का सुनौलो टोलका ६० वर्षीय गिरबहादुर क्षेत्रीको पदमपुर सामुदायिक वनमा घाँस काट्न गएका बेला रुखबाट लडेर बुधवार मृत्यु भएको हो ।
घाँस काट्न गएका क्षेत्री घर नफर्किएपछि खोजतलास गर्दै जाँदा मंगलबार बिहान १०ः१५ बजे मृत फेला परेको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ ।