• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असोज ०१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

भरतपुर वडा नम्बर २मा ‘जिपिएस’ प्रणाली सहितको वडा प्रोफाइलको काम शुरु


चितवन । भरतपुर महानगरपालिकामा जिपिएस ( ग्लोबल पोजिसन सिष्टम) प्रणाली सहित अन्य तथ्याङ्क संकलनको प्रक्रिया शुरु गरिएको छ । वडाको प्रोफाइललार्ई एपको माध्यमबाट डिजीटलाईजेशन गर्ने उद्धेश्यले भरतपुर महानगरपालिका वडा नम्बर २ बाट यो काम शुरु गरिएको हो । वडा अध्यक्ष मनोज रानाभाटको घरबाट उहांँको पारिवारिक विवरण भरेर काम शुरु गरिएको अध्यक्ष रानाभाटले जानकारी दिनुभयो । यो काम चितवनमै पहिलोपटक शुरु गरिएको हो ।

कार्यालयले डिजीसफ्ट डेभलपर्सको प्राविधिक सहयोगमा काम शुरु गरिएको वडाले जानकारी दिएको छ । ‘यस प्रणालीबाट वडाको आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, सार्वजनिक स्थल लगायत पूर्वाधारको जानकारी हुनुका साथै वडाको योजना निर्माण तथा समस्या पहिचान हुनुका साथै स्मार्ट महानगरमा समेत टेवा पुग्नेछ ।’ अध्यक्ष रानाभाटले भन्नुभयो ।

प्रोफाईलमा जिपिएस सिष्टम लागु भएपछि हरेक घरको ठेगाना मोबाइलबाट नै थाहापाउन सकिने छ । एपबाट प्रोफाईलमा घरमुलीको नाम, फोटो र घरको फोटो समेत राखिनेछ ।

‘हरेक काम डिजिटलको माध्यमबाट गर्ने हाम्रो चाहना छ, यही उद्देश्यले पहिला डिजिटलबाट वडाको प्रोफाइल तयार गर्न लागिएको हो’, वडाध्यक्ष रानाभाटले भन्नुभयो, ‘प्रोफाइल तयार पार्न आजबाट गणकलाई घरघरमै पठाएका छौं ।’ तथ्याङ्क संकलनका लागि ३० भन्दा बढी गणकहरु घरघरमा खटिएको उहांँले बताउनु भयो ।

‘ १५ दिनभित्र हामीले वडाको प्रोफाइल डिजिटलको माध्यमबाट तयार पार्ने लक्ष्य लिएका छौँ, अब प्रत्येक वडावासीको प्रोफाइल वडा कार्यालयमा रहने छ’, वडाध्यक्ष रानाभाटले भन्नुभयो , ‘६० भन्दा बढी प्रश्नको उत्तर संकलनकर्ताले लिनेछन्, घरका सबै सदस्यको विवरण र जिएएस सिष्टमलाई पनि एपबाट समावेश गरिने छ ।’

डिजीसफ्टका प्रबन्ध निर्देशक बुद्धि डंगोलले देशभरीका ३० वटा पालिकाका ५०० वटा बढी वडाहरुमा कम्पनीले यो एपबाट प्रोफाइल तयार पारिएको भन्दै पहिलो पटक चितवनमा भरतपुर महानगरपालिकाबाट शुरु गर्न लागिएको बताउनु भयो । ‘भरतपुर महानगरपालिका देशकै केन्द्र र विकसित पालिका मध्ये पर्छ, उहांँले भन्नुभयो, आजबाट वडा नम्बर २ बाट प्रोफाइल निर्माण शुरु गरेका छौं ।‘ वडालाई डिजिटाईलेशनमा समावेश गरेपछि हरेक विवरण हरेक बर्ष वडा बाटनै अध्यवधिक गर्न सकिने कम्पनीले बताएको छ । प्र्रोफाईल तयार भएपछि वडा नम्बर २ को औषत प्रति व्यक्ति आयको समेत जानकारी हुने कम्पनीका प्रबन्ध निर्देशक डंगोलको भनाई छ ।

उहांँका अनुसार कम्पनीले भरतपुरका अन्य वडाको लागि सम्झौता गर्न लागिएको र नवलपुरको गैंडाकोटमा पनि छिट्टैनै काम शुरु गर्नेछ । एपबाट वडालाई जुनुसुकै काम गर्न सहज हुने र कसैलाई पनि तथ्यांकबाट अध्ययन अनुसन्धान सहजै गर्न सकिनेछ । एप्समा हरेक घर परिवारको व्यक्तिगत तथा सम्पत्तिको विवरण लगायतका सूचकलाई गोप्यता कायम गरिएको उहांँले बताउनु भयो ।

यस प्रविधिबाट प्रत्येक वडावासीको विवरण दुरूस्त तत्काल थाहा पाउन, डेटा अपडेट र बजेट विनियोजनका लागि सजिलो बनाउन, सहजै तुरून्तै र प्रभावकारी सेवा प्रदान गर्न, खर्च र समय बचतको लागि पनि टेवा पुग्नेछ ।

वडा प्रोफाइलका लागि प्रत्येक टोलबाट तालिम लिएका गणकहरु खटाइएको वडा कार्यालयले जनाएको छ । वडामा १८ वटा टोल विकास संस्था छन भने हाल यहांँ पांँच हजार दुईसय घरधुरी रहेका छन ।

बुधबार, मङि्सर २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.