• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असोज ०१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

साैराहामा मंसिर २२ र २३ गते गोही संरक्षण मेला हुँदै


चितवन, मंसिर १७ । चितवनको पर्यटकीय नगरी रौराहामा यही मंसिर २२ र २३ गते गोही संरक्षण मेला हुने भएको छ । केयर फर नेचरको आयोजना तथा संरक्षण र पर्यटनसंग सम्बन्धित विभिन्न संघसंस्थाको सहकार्यमा मेला हुन लागेको हो । ‘गोही र नदी प्रणालीको सुरक्षाका लागि समुदायको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ गोही मेला हुँदैछ ।

नेपालमा दुई प्रजातिका गोही पाइन्छ । सफा बगेको पानीमा बस्ने घडियाल गोही अति संकटापन्न प्रजाति हो । यस्तै मगर गोही पनि जोखिम अवस्थामा परेको जीव हो । ‘यी प्रजातिमाथि बढेको जोखिम कम गर्न समुदायलाई सचेत बनाउन आवश्यक छ । मेलामा विद्यार्थीदेखि समाजका र अगुवाहरूलाई समेटेर कार्यक्रम गर्न लागेको हो,’ मेला संयोजक रञ्जना भट्टले आइतबार बाघमारा सामुदायिक वनमा आयोजित पत्रकार सम्मेलनमा भनिन् ।

घडियाल चितवनको नारायणी र राप्ती तथा बर्दियाको बंबई र कर्णाली नदीमा पाइन्छ । देशभर २५० को हाराहारीमा घडियाल पाइने भट्टले बताइन् । समुदाय स्तरमा गोहीको संरक्षणको सचेतना फैलाउन मेला आयोजना गरिएको हो । सफा पानीमा पाइने माछा मात्रै खाने घडियाल गोही नदी प्रदुषण र मानवीय गतिविधिका कारण संकटमा परेको छ । माछा मार्न प्रयोग हुने तियारी जालमा अड्केर घडियाल मर्ने गरेका छन् ।

राप्ती नदीमा मिसिने खहरे खोलामा पनि घडियाल देखिन थालेको हुँदा समुदायलाई सचेत गराउन आवश्यक रहेको बाघमारा सामुदायिक बनमा अध्यक्ष जीतु तामाङले बताए । चितवनको पर्यटन विकासको हिसावले गोही एकसिंगै गैंडा जस्तै महत्वपूर्ण रहेको भन्दै तामाङले यसको संरक्षणमा सरकार,निकुञ्ज,संरक्षणकर्मी, व्यवसायी तथा स्थानीय समुदाय एकजुट हुन जरुरी रहेको बताए ।

गोही मेलामा विद्यालय सचेतना मुलक कार्यक्रम सहित गोहीको महत्वको बारेमा विज्ञहरु सहितको अन्र्तक्रिया कार्यक्रम समेत हुने छ । मेला अन्तर्गत नदी आसबासका बालवालिका अध्यायन गर्ने ८ वटा विद्यालयमा सचेतनामुलक रचनात्मक कार्यक्रम गरिने केयर फर नेचर निर्देशक भट्टले बताइन् ।

संकटापन्न अबस्थामा रहेको घडियाल गोली नेपालको प्रकृति बासस्थानमा २१० को हाराहारीमा रहेको आकलन गरिएको छ । मगर गोहीको भने एकीन तथ्याङक छैन् । अहिले सम्म नदीहरुमा दुई हजारको हाराहारीको गोहीको बच्चा छाडिएको भएपनि आहार र बासस्थानको अभावका कारण बचाउन सकिएको छैन् । नदी प्रदुषण र माछामार्न प्रयोग गरिने तियारी जालका कारण नेपालमा घडियाल गोही संकटापन्न अबस्थामा पुगेको गोही अनुसन्धानकर्ता समेत रहेकी भट्टले बताइन् ।

 

आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.