गैंडाकोट, मंसिर । नवलपुरको गैंडाकोट स्थित मौलाकाली सामुदायिक वन क्षेत्रमा एक अन्दाजी ५० वर्षीया महिलाले आत्महत्या गरेकी छिन्।
बन क्षेत्रमा रहेको बनभोज स्थल देखि तलको खोल्सा क्षेत्रमा एउटा सालको रुखमा झुण्डिएर उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ।
बाख्रा चराउन जाने क्रममा स्थानीय बालबालिकाहरूले उक्त महिलालाई रुखमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव पोष्टमार्टमका लागि पठाइएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।