नवलपुर । काठमाण्डौबाट जन्ती बोकेर कपिलबस्तु हिडेको स्कारपियो नवलपुरमा दुर्घटनामा परेको छ । जिल्लाको मध्यविन्दु नगरपालिका –१०, सानो खहरे स्थित राजमार्गमा बा १५ च ८० ६८ नम्बरको जन्ती बोकेको स्कारपियो दुर्घटनाहुँदा दुई जना घाइते भएका छन् ।
स्कारपियो आफै अनियन्त्रित भएर पल्टिँदा चालक कपिलबन्सु बाणगंगा–१,का ३५ वर्षिय देवराज गिरी र सवार रुपन्देशी सैनामैना–१, बस्ने ५४ वर्षिय टिकाराम भट्टराई घाइते भएका हुन् ।दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । स्कारपियोमा दश जना सवार रहेका थिए ।