पोखरा, मंसिर ९- पोखरा स्थित पशु विकास केन्द्र (भेडिफारम) मा भारतबाट ल्याइएको ७ वटा मुर्रा जातका राँगा राखिने भएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार १५ मध्ये ७ राँगा विकास केन्द्रमा ल्याएर राखिएको हो ।
यसबाट पोखरा र यस क्षेत्रमा उच्च जात र नश्लको भैंसी पालन कृषकहरू विशेष लाभान्वित हुने मेयर आचार्यले बताए । भारतबाट बाँकेको नेपालगन्ज रुपैडिया–जमुनाहा नाका हुँदै मुर्रा राँगाहरूलाई नेपाल ल्याइएको हो ।