गैँडाकोट । मंसिर ७ गते विहिवार परेको हरिबोधिनी एकादशीको अवसरमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।गैँडाकोट नगरपालिकाको राजपत्रमा प्रकाशित सूचना अनुसार नगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको हो ।
२०७९ चैत्र ४ गते बसेको गैँडाकोट नगरपालिका कार्यपालिकाको बैठकले संघीय तथा प्रदेश सरकारबाट तोकेका विदाका अतिरिक्त अन्तराष्ट्रिय आदिवासी जनजाती दिवश, हरितालिका तिज वर्त, जितिया पर्व, हरिबोधिनी एकादशी र मगर एकता दिवशमा विदा दिने निर्णय गरेको थियो ।