सर्लाही, मंसिर ४- सर्लाहीमा एक युवतीको शव चिहानबाट निकालेर परीक्षणका लागि अस्पताल पठाइएको छ । मृत्यु सात दिनपछि हिजो (आइतवार) बिहान हरिवन नगरपालिका–११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको शव प्रहरीले चिहानबाट निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको हो । खातुनको कात्तिक २६ गते राति रहस्यमय मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेन्द्र पंजियारले खातुनको मृत्यु शङ्कास्पद देखिएकाले स्थानीय जनप्रतिनिधि र मुस्लिम समुदायका अगुवाको रोहबरमाशव निकालिएको जानकारी दिएका हुन् ।
खातुनको मृत्यु शङ्कास्पद देखिएको भन्दै प्रहरीले मृतककी सौतेनी आमा सकिना खातुन, मृतककी मामा शेख जिलानी र उनका छोरा शेख असजदलाई पक्राउ गरेर अनुसन्धान गरेको छ भने शव परीक्षण गर्ने भनेपछि बाबु सेख इर्साद र दाई शेख चाँद फरार रहेको प्रहरीले जानकारी दिएको हो ।