• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असोज ०१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

भूकम्प पीडितलाई एक्सपर्टद्वारा ५ लाख बराबरको राहत सामग्री वितरण


चितवन, कात्तिक २५–  एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले जाजरकोट र रुकुम (पश्चिम)का भूकम्पपीडितलाई राहत वितरण गरेको छ । एक्सपर्ट एजुकेशनको सामाजिक संस्था एक्सपर्ट फाउण्डेशनमार्फत भूकम्पपीडितलाई ५ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो । एक्सपर्ट फाउन्डेसनले रूकुम (पश्चिम)को अति प्रभावित आठविषकोट नगरपालिका वडा नम्वर १३ र १४ मा ४६२ थान कम्वल वितरण गरेको हो । राहत सामग्री वितरणमा वडा नम्बर १४ का वडा अध्यक्ष हुकुम बहादुर पुन, नगरपालिकाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि तथा राजनैतिक दलहरूका प्रतिनिधिहरूको उपस्थिति थियो ।

राहत सामग्री वितरण गरेकोमा फाउण्डेशनलाई नगर प्रमुख रवि केसी र निमित्त प्रमुख कार्यकारी अधिकृत ईन्द्रबहादुर विष्टले धन्यवाद ज्ञापन गरेका थिए । उनीहरुले विपद्को बेलामा एक्सपर्टले गरेको सहयोगको प्रशंसा गरेका थिए ।

 

एक्सपर्टले विभिन्न समयमा आइपर्ने विपद्मा सहयोग गर्दै आइरहेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भूकम्पले सयौं परिवार घरबारविहीन बनेको अवस्थामा सानो सहयोग स्वरुप फाउण्डेशनमार्फत राहत सामग्री वितरण गरिएको बताए । देशमा आइपर्ने संकट समाधानका लागि सबैले सकेको हातेमालो गर्दै जानुपर्ने भन्दै भूकम्पपीडितलाई आवश्यक सहयोगमा जुट्न सबैमा आग्रह समेत गरे ।

राहत सामग्री लिएर एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिजेस नेपालका कन्ट्री म्यानेजर विकास ज्ञवाली रुकुम पश्चिम पुगेका थिए । उनले स्थानीय निकायलाई उक्त राहत सामग्री हस्तान्तरण गरेका थिए । सो क्रममा बोल्दै ज्ञवालीले मानविय सङ्कटमा सहयोग गर्नु सबैको कर्तव्य रहेको बताए । उनले राहत सामग्री प्रदान गर्ने फाउन्डेसनका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरूमा धन्यवाद ज्ञापन गरे ।

 

एक्सपर्ट एजुकेशन तथा भिजा सर्भिसेजको गैरनाफामुलक सामाजिक संस्था एक्सपर्ट फाउन्डेसनले विपद्को घडीमा समस्यामा परेका नागरिकहरूलाई विभिन्न सहयोगहरू गर्दै आएको छ । यस संथाले सन् २०१५ को भूकम्पले क्षतिग्रस्त विद्यालयको पुननिर्माण, बाढी पीडितलाई राहत वितरण, कोभिडमा अक्सिजन कन्सनटेटर, स्यानिटाईजर र माक्स वितरण, कोभिडको समयमा सडक नागरिकलाई भोजन प्रदान र रक्तदान जस्ता सामाजिक कार्यहरू गर्दै आएको छ । एक्सपर्ट फाउन्डेसन अष्ट्रेलियामा पनि क्रियाशिल रहेको छ । यस सस्थाले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुलाई कोभिडमा राहत कुपन वितरण गरेको थियो ।

 

आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.