• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असोज ०१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

व्यक्तिगतरुपमा राहत दिँदा पनि मेरो चरित्र हत्या गरियो : सापकोटा


चितवन, २५ कात्तिक । गैरअवासीय नेपाली सङ्घ (एनआरएनए) बेल्जियमका अध्यक्ष सीता सापकोटाले जाजरकोट भूकम्प पीडितलाई व्यक्तिगत रुपमा राहत वितरण गर्दा पनि पैसा खायो भनेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताउनुभएको छ ।

आफू नेपाल भएको बेलामा जागरकोट केन्द्रविन्दु भएर आएको भूकम्पले ठूलो क्षति पु¥याएकाले व्यक्तिगत रुपमै भए पनि जाजरकोट पुगेर स्थानीयलाई राहत दिएको उहाँले बताउनुभयो । आफूले पारीवारिक रुपमा पैसा जम्मा गरेर भूकम्प पीडितलाई राहत दिँदा एनआरएनएको पैसा व्यक्तिगत रुपमा खर्च गरेको भन्दै एनआरएनएका अध्यक्ष डा बद्रि केसी निकटका मान्छेहरुले आफ्नो चरित्र हत्या गर्न खोजेको सापकोटाले बताउनुभयो । “मैले मेरो व्यक्तिगत पैसाले भूकम्प पीडितलाई सहयोग गरेको थिएँ” उहाँले भन्नुभयो, “बद्रि केसीको टिमले मेरो चरित्र हत्या गर्न खोजेकोप्रति घोर आपत्ति छ ।”

भूकम्प पीडितहहरुलाई राहत दिन एनआरएनए बेल्जियमको तर्फबाट सहयोग सङ्कलन गर्ने अभियान चलाएको उहाँले बताउनुभयो । युरोमा राहत दिन्छु भनेका व्यक्तिले बेल्जियका कोषाध्यक्ष अजित तुलाचनको खातामा र नेपालीमा राहत रकम दिन खोज्ने मानिसलाई आफ्नो भाउजूको खातामा रकम पठाउन भनिएको उहाँले बताउनुभयो । “एनआरएनए बेल्जियमको पुरानो कार्यसमितिले हामीलाई खातासहित कुनै पनि कुराहरु हस्तान्तरण गरेको छैन” उहाँले भन्नुभयो, “यो बेलामा नेपालमा भूकम्पले क्षति पु¥याएपछि हामीले राहत दिन व्यक्तिगत खाताबाटै भए पनि पैसा सङ्कलन गरेर राहत बाँड्ने योजना बनाएका थियौँ ।”

भूकम्प आउँदा आफू नेपालमा भएको र नेपाल आउँदा आफूले आफ्नो नेपालको बैंक खाताको चेक ल्याउन बिर्सिँदा उहाँले भाउजुको खातामा रकम पठाउन आग्रह गरेको बताउनुभयो । “बेल्जियबाट करिब रु पाँच लाख राहत संकलन गर्छौँ भनेर बोलकबोल भएको थियो, तर एक रुपैयाँ रकम हाम्रो खातामा पठाउनुभएको छैन” उहाँले भन्नुभयो, “हामीलाई संस्थाको पैसा हिनामिना ग¥यो भनेर आरोप लगाइएको छ, मैले कसैको पैसा खाएको प्रमाण लिएर आए सेरिन तयार छु ।” आफूले कसैको एक रुपैयाँ नखाएको तर, दुःखी पीडितलाई दिन पुग्ने सम्पत्ति आफैसँग भएको उहाँले बताउनुभयो ।

आफूहरुले भूकम्प पीडितका लागि सङ्कलन गर्ने भनेको रकम बद्रि केसी नेतृत्वको महासचिवले केन्द्रको खातामा पठाउन भनेको उल्लेख गर्दै सापकोटाले भन्नुभयो, “एनआरएनएको केन्द्रमा विवाद भएर दुई वटा कमिटी गठन भएको छ, त्यो विवाद समाधान भएर एउटै कमिटी नबनेसम्म हामी सहकार्य गर्दैनौँ ।” उहाँले अगाडि थप्नुभयो, “केन्द्रलाई पैसा नदिएर आफै राहत वितरण गर्ने भनेपछि नियोजित रुपमा मेरो चरित्र हत्या गर्न पैसा खायो भनेर हल्ला फिजाइएको हो ।” व्यक्तिगत रुपमै भए पनि राहत वितरण गर्न जाजरकोट पुग्दा त्यहाँको अवस्था निकै दर्दनाक देखेको उहाँले बताउनुभयो ।

एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भने पनि सबै प्रभावितले राहत नपाएको उहाँको भनाइ छ । ढुंगा र माटोबाट बनेका पुराना संरचनाका घरहरु भूकम्पले भत्काउँदा बढी क्षति भएको भन्दै उहाँले बलियो संरचना र मापदण्ड बनाउनुपर्ने बताउनुभयो ।

आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.