काठमाडौं, कात्तिक १६- राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् । सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको एसपी सुवास बोहराले बताए ।
चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवशको अवसरमा आममाफी दिएका थिए ।