नवलपरासी/ १५ कार्तिक ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ वेलाशपुरमा अवस्थित बहुउद्देश्यीय सभाहलमा अपाङ्गता भएका महिला तथा किशोरीहरू का लागि एक दिने आत्म रक्षा तालिम सम्पन्न भएको छ ।
सुनवल सामुदायिक विकास केन्द्रको सहजीकरण तथा पाल्हीनन्दन गाउँपालिकाको समन्वय एवम् यु एम एन , अस्ट्रेलियन ऐड, ट्रान्सफर्म ऐडको सहयोगमा अपाङ्गता समावेशी विकास परियोजना अन्तरगत किशोरी मैत्री वातावरण निर्माणका लागि अपाङ्गता भएका महिला तथा किशोरीहरूका लागि एक दिने आत्म रक्षा तालिम सम्पन्न भएको छ ।
सुनवल सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित अपाङ्गता समावेशी विकास परियोजना अन्तर्गत अपाङ्गता भएका महिला तथा किशोरीहरुका लागि आत्मरक्षा तालिम पाल्हीनन्दन गाउँपालिका कि उपाध्यक्ष फातुमा खातुन अंसारी (सकिना) को अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलको प्रमूख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रम लाई सम्वोधन गर्दै सभाध्यक्ष अन्सारीले देशमा बढ्दो महिला हिंसाका घटनाहरू विरुद्ध सशक्त ढङ्गले कदम चाल्नु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै विगतका दिनमा गाउँपालिकाले यस्ता कार्यक्रमको आयोजना गर्दै आएको वताए। समाजमा भइरहेको बिकृती तथा बलात्कारको घटनालाई न्यूनीकरण गर्ने सहि उपाय रहेको तथा आगामी दिनमा पनि सवै सरकारी निकाय,गैरसरकारी संघसंस्था एक जुट भइ बलात्कार तथा महिला हिंसा विरुद्ध सचेतना अभियान चलाउनु पर्नेमा जोड दिँदै गाउँपालिकाको सहयोग सधै रहने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल , सुनवल सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक राधा सापकोटा, सुमन ढुंगाना, सामाजिक परिचालक रंगीता लोहार,गृजेश शर्मा र यूवा अभियन्ता इमरान अलि लगायतको अतिथिकता रहेको थियो।
विगत केही वर्ष देखि हजारौँ किशोरीहरूलाई आत्मरक्षा तालिमको माध्यमबाट सशक्तिकरण गर्न सफल व्यक्तित्व गणेश गुरुङ र इच्छा कर्मचारीले तालिमको सहजिकरण गरेका थिए। ।