गैँडाकोट । कावासोतीमा स्कुटर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती २ का ३० वर्षका तीर्थराज देवकोटा रहेका छन् ।
कावासोती नगरपालिका वडा नं. १० स्थित खरकट्टा जंगलमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ७ प १८७५ नम्बरको स्कुटर दुर्घटना हुँदा देवकोटाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
गएराति १० वजे देवकोटाले चलाएको स्कुटर अनियन्त्रीत भै र्दुघटना भएको र चालकलाई घाइते अवस्थामा फेला पारि उपचार गर्न लगिएकोमा मध्यविन्दु अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।