काठमाडौं, कात्तिक ३-
नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक प्रहरी निरीक्षक (असई)मा दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले शुक्रवार सूचना सार्वजनिक गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना असई मागेको हो।
जारी सूचनामा जनपद प्रहरी समूहतर्फ इन्स्पेक्टर र असई पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि दरकास्त आह्वान गरिएको उल्लेख छ ।
आगामी मङ्सिर २९ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।