बिरगंज – बिजया दशमीको उपलक्ष्यमा सानाे दिप संस्थाले माइस्थान मंदिर अगाडि नागरिक सहायता कक्ष राखी नि: शुल्क पानी , आवश्यक औषधीहरु, एवम् प्राथमिक उपचार र मास्ककाे व्यवस्था गर्ने भएको छ।
आगामी दिनहरूमा गर्ने कार्यक्रम,दशैंका बीचमा ट्राफिक नियन्त्रणका बारेमा छलफल र नयाँ सदस्यको परिचय दिने कार्य भएको संस्थाका अध्यक्ष कृष पटेलले बताए। कृष पटेलकाे अध्यक्षतामा आर्थिक वर्ष २०८०/८१ लागि काे दोस्रो बैठक बसेकाे थियाे । सो कार्यक्रममा प्रमुख अतिथिमा समाजसेवी भजु पटेल र वरिष्ठ अतिथिमा टाइगर क्लब सामाजिक परिचालनकर्ता अनिश प्रजापति मंतब्य ब्यक्त गरेका थिए।
सोहि कार्यक्रम मा नँया सदस्य हुने लाई संस्था को टि शर्ट बितरण गरिएको थियो।
कार्यक्रम मा सानो दीप(A Little Light)क्लबका उपाध्यक्षमा पुष्प दास, सचिव आलोक सर्राफ , माहा-सचिव दिव्यांशु कर्ण ,उपसचिवमा उज्वल गुप्ता , कोषाध्यक्षमा प्रयाग महरा, सदस्य, दिपेश, असिक, विशाल, विवेक, सोनु, ओमप्रकाश, राहुल, पर्ज्जवल , आशिष, विश्वराज, , युवराज, लगायतकोउपस्थिति रहेको थियो ।