विराटनगर, असोज २९-
युवतीमाथि सामूहिक बलात्कारको आरोपमा तीन जना प्रकाउ परेका छन् । विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कारको आरोपमा प्रहरीले नाबालकसहित तीनजना यातायात मजदुरलाई पक्राउ गरेको हो ।
पीडितले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले धनुषाको मिथिला विहारी नगरपालिका-११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई पक्राउ गरेको छ ।
तामाङ प्रदेश २४-००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ वर्षीय बालक अर्को ट्रकका सहचालक हुन् ।