चितवन । जागिरको खोजीमा रहेका व्यक्तिहरुलाई लक्षित गरी असोज २६ गते ‘मसँग जब फेयर’ आयोजना गर्न लागिएको छ । सेन्ट्रल कलेजको प्रायोजनमा हुन लागेको जब फेयरमा करिब २० वटा कम्पनीको स्टल रहने आयोजक मसँग जबका सञ्चालक पवन थापाले बताए । मसँग जबले सेवाग्राहीसँग काम गर्नुअघि वा काम गर्न थालेपछि कुनै पनि शुल्क नलिने उनले बताए ।
नेपालमै जागिर गर्न खोज्ने र जागिर दिने बीच भेट गराउनका लागि आफुहरुले समन्वय गर्न लागेको उनले बताए । जब फेयरबाट कम्तिमा ५०० जनाले जागिरका लागि अन्तर्वार्ता दिने अपेक्षा गरिएको छ ।
सेन्ट्रल कलेजका सञ्चालक वाईबी पौडेलले बेरोजगारी बढिरहेका बेला ‘जब फेयर’ काम खोज्ने र काम दिनेबीच सम्पर्क गराउने माध्यम हुने विश्वास व्यक्त गरे । नेपालमा अहिले रोजगारको प्रमुख समस्या रहेको भन्दै उनले आफ्नो क्षमता अनुसारको जागिर पाउनका लागि जब फेयर राम्रो माध्यम हुने बताए ।