चितवन, असोज २३-
चितवनमा एकै दिनमा डेँगु संक्रमित झण्डै १०० जनाले बढेका छन् । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको सूचना अनुसार चितवनमा साउनदेखि असोज २२ गतेसम्म ६५१ जना संक्रमित रहेकोमा आज एकैदिनमा बढेर ७५० जना पुगेको हो ।
चितवनमा साउन यता गरिएको आठ हजार ६७८ जनाको परीक्षणमा ७५० जना संक्रमित भएका छन् । संक्रमित मध्ये भरतपुर महानगरपालिकामा २३४ जना, खैरहनीमा ७४ जना, माडीमा १० जना, रत्ननगरमा ८९ जना, राप्तीमा ४१ जना, कालिकामा ९ जना र इच्छाकामनामा १७ जना रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार चितवनमा गरिएको परीक्षणमा ठेगाना नखुलेको ११२ जना र अन्य जिल्लाका १६० जना संक्रमित भएका छन् ।