चितवन, असोज २२-
चितवनमा खाद्य दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । खाद्यका लागि कृषि अभियानको आयोजना जिल्लामा तिन दिनसम्म गोष्ठी, नाटक, प्रभातफेरी लगायतका जनचेतना मुलक कार्यक्रम गरि मनाइएको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय, जिल्ला प्राङ्गारिक संघ चितवन, चितवन कचेहेरी, बेटर चितवन, कृषि तथा वन विज्ञान विश्वविद्यालय र रामपुर क्याम्पस खैरेहेनीको सहकार्यमा असोज १९, २० र २१ गते विश्व खाद्य दिवस चितवनमा मनाइएको थियो ।
पहिलो दिन सामाजिक जनचेतना जगाउने उद्देश्यले नारायणगढबाट चौविकोठिसम्म विभिन्न किसान समूह, विद्यार्थी र अभियान्ताको उपस्थिती प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा बिचौलिया हिड्छ कारमा किसान सँधै मारमा, जमिन कसलाई खेती गर्ने किसानलाई, रैथाने शिप रैथाने विउ स्वस्थ खाना फुर्तिलो जिउ जस्ता पर्यावरण संरक्षण, किसान अधिकारका सन्देस बोकेका प्लेकार्डहरुको प्रदर्शन गरिएको थियो । यस्तै दोस्रो दिन खाद्यका लागि कृषि अभियानको सहकार्य मा शिल्पी थ्रिएटरले निर्माण गरेको नाटक रामपुरमा प्रर्दशन गरिएको आयोजकले जानकारी दिएको छ ।
नाटकमा पर्यावरण, माटोे र मानव स्वास्थ्यका समकालिन संकट बोकेको विषयबस्तु समावेश गरिएको थियो । तेस्रो दिन कृषि तथा वन विज्ञान विश्वविद्यालयमा खानाका लागि खेतीपातीको बहस कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रम चार वटा सत्रमा भएका थिए । सो कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा. पुण्य प्रसाद रेग्मी, रजिष्टार डा.शारदा थपलिया, कृषि विभागका महानिर्देशक डा.हरिबहादुर केसीको लगायतको उपस्थिती रहेको थियो ।
पहिलो सत्रमा अभियानको तर्फबाट सृजना पौडेलले खेतीपातीको अवस्था बारे प्रस्तुत गर्नु भएको थियो भने खाद्यका लागि कृषि अभियानका अभियान्ता डा. कृष्ण प्रसाद पौडेलले खाना र खेतीपातीको भविष्यको बारेमा प्रस्तुती रहेको थियो । पहिलो सत्रको सहजिकरण अभियानको तर्फवाट शारदा थापाले गर्नुृ भएको थियो ।
कार्यक्रममा खाद्य प्रणालीमा जलवायु परिवर्तनको जोखिमबारेमा पनि बिचार विमर्श भएको थियो । यस विषयमा डा.खेम प्रसाद शर्मा, सागर कार्की र महेश बडालले आफ्नो धारणा राखेको थिए । खेतीपातीका असल अभ्यास विषयक कार्यक्रममा पर्यावरणमैत्री कृषक चन्द्रप्रसाद अधिकारी, रिता बास्ताकोटी, माधव ढुङ्गेल, मिना गुरुङले अनुभव तथा विचार प्रस्तुत गर्नु भएको थियो । माटो र मानव स्वास्थ्य विषयक चौथो सत्रमा डा.जिवन क्षेत्रीले आफ्नो प्रस्तुती राख्नुभएको थियो । सो विषयमा नागरिक अभियान्ता नारायण वाग्ले, उप प्राध्यापक अनन्त सुवेदी, डा. रामकृष्ण श्रेष्ठले विचार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम खाद्यकालागि कृषि अभियानका संयोजक उद्धव अधिकारीको अध्यक्षतामा समपन्न भएको थियो ।