चितवन, असोज २०–
चितवनको दिव्यनगरमा निउरो टिप्न जाँदा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
आज विहान १०ः५० बजेको समयमा भरतपुर–२५, जमुनाघाटस्थित राप्ती नदीले बगाउँदा भरतपुर–२४ का वर्ष ४८ की फडी मायाँ अधिकारीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
अधिकारीसंगै निउरो टिप्न गएकी सोही ठाउँकी ३२ वर्षीया निरमायाँ श्रीमल भने नदीले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ । मृतक अधिकारीको शव पोष्टमार्टमका लागि भरतपुर पठाइएको छ । बेपत्ता श्रीमलको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।




