चितवन, असोज ७–
चितवन युवा उद्यमी मञ्चको अध्यक्षमा अश्विन गोले चयन भएका छन् । युवा उद्यमी मञ्चको चौथो साधारण–सभा एवम् दोस्रो अधिवेशनले गोलेलाई अध्यक्षमा चयन गरेको हो ।
मञ्चको निर्देशकहरुमा अनिष पौडेल, भरत दवाडी, स्वरुप रिजाल, सन्तोष सिग्देल, राजेश ढकाल, भुवन कँडेल, सुविन श्रेष्ठ चयन भएका छन् । नवनिर्वाचत समितिका सदस्यहरुलाई चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले सपथ खुवाएका थिए । मञ्चका नवनिर्वाचित अध्यक्ष गोलेले प्रतिबद्धता मन्तव्य राखेका थिए ।




