गैँडाकोट । गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालको सरुवा भएको छ । रिजालको गृहमन्त्रालयमा सरुवा भएको हो । उहाँ २०७८ चैत्र ७ गतेदेखि गैँडाकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई नगरपालिकाले विदाइ समेत गरेको छ ।
रिजालको सरुवा भएपछि गैँडाकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा झबिन्द्र खनाल आउनुहुने भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत खनाल गैँडाकोट आउन लाग्नुभएको नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले जानकारी दिनुभयो ।