• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

  • १. पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • २. पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ३. लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ४. चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

भरतपुर भ्रमण वर्षमा बाघ देखाइने

चितवन, भदौ ३-

भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा यहाँ आउने पर्यटकलाई बाघ देखाइने भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका बाघलाई प्रत्यक्षरुपमा पर्यटकलाई देखाउने तयारी गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षमा आउने पर्यटकका लागि प्रत्यक्षरुपमा बाघ देखाउन आवश्यक गृहकार्यका लागि निकुञ्जलाई आग्रह गरिसक्नुभएको छ ।

निकुञ्जमा पाटेबाघ पाइन्छ । प्रमुख दाहालले आमनागरिकले सहजैरुपमा बाघ देख्न नपाउने भएकाले भ्रमण वर्षमा आउने पर्यटकका लागि बाघ देखाउने योजना बनाइएको बताउनुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले भ्रमण वर्षमा बाघ देखाउन सकिने बताउनुभयो । हाल निकुञ्जको मुख्यालय कसरामा तीन बाघ खोरमा रहेका छन् । सौराहा क्षेत्रमा थप दुई खोरमै राखिएका छन् । प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले निकुञ्जभित्र राखिएका ती बाघलाई निकुञ्जभित्र वा बाहिर वन्यजन्तु उद्धार केन्द्र देवनगरमा खोरको व्यवस्था गरी देखाउन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “महानगर प्रमुखको अनुरोधअनुसार बाघ देखाउन सकिन्छ, तर कुन ठाउँमा राखेर देखाउने भन्ने अन्तिम टुङ्गो लागिसकेको छैन ।”
कसरामा रहेका तीन बाघमध्ये एउटा चार वर्षअघि बाँकेमा हिंस्रक बनेर मान्छेको सिकार गर्न थालेपछि नियन्त्रणमा लिएर यहाँ ल्याइएको हो । सो भाले बाघ अन्दाजी १० वर्षको हो । गत वर्ष चितवनकै माडीमा मानिसलाई आक्रमण गरी मारेपछि अन्दाजी १३ वर्षको पोथी बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको छ । अर्को देवनगरबाट तीन वर्षअघि ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।

तीनवटै बाघलाई कसरामा पक्की खोरमा राखिएको छ । सौराहामा रहेका दुई बाघमध्ये एउटा गत साउनमा खैरहनीबाट नियन्त्रणमा लिएर खोरमा राखिएको छ । उक्त भाले बाघ अन्दाजी चार वर्षको हो । अर्को गत वर्ष मेघौलीबाट ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले नियन्त्रणमा लिएर राखिएका बाघलाई पालेर राख्नु मात्रैभन्दा पर्यटकीय गतिविधिसँग जोड्दा पर्यटक र आम्दानी दुवै बढ्ने बताउनुभयो । सरकारी तवरबाट कानुन निर्माण गरी उद्धार गरिएका वन्यजन्तुलाई पर्या–पर्यटनमा जोड्नुपर्ने उहाँको भनाइ थियो ।

सन् २०२४ लाई महानगरपालिकाले भ्रमण वर्षका रुपमा मनाउन लागेको छ । भरतपुर नेपालकै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण महानगर हो । राप्ती र नारायणी नदी बीचमा रहेको भरतपुरको धेरै महानगरको सीमा क्षेत्रले निकुञ्जलाई छोएको छ । चितवन आउने पर्यटकको पहिलो रोजाइ निकुञ्ज हो भने देवघाट, नारायणी ‘सी बीच मोडल’, चौकीडाँडा, बीस हजारी ताल, गोलाघाट जस्ता पर्यटकीय गन्तव्य यहाँ रहेका छन् ।

निकुञ्ज घुम्न आउने पर्यटकमध्ये खर्चिला पर्यटक महानगरभित्रकै मेघौली, पटिहानी, जगतपुर क्षेत्रमा बस्ने गर्दछन् । निकुञ्जको यसै क्षेत्रमा बढीमात्रामा एकसिङ्गे गैँडा, बाघलगायतका वन्यजन्तु पाइन्छन् । रासस

आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

  • १.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • २.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ३.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ४.

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.