• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असार ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

लोकप्रिय समाचार

  • १. विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २. आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ५. आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिर पुनः निर्माण गरिँदै ( भिडियो सहित )


नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनःनिर्माण गरिएको छ । नारायणी नदी किनारको संरक्षित क्षेत्रमा भग्नावशेष भेटिएको मन्दिरको पुरातत्व विभागले विसं २०७० मा उत्खनन सुरु गरेको थियो ।

दुई वर्ष लगाएर उत्खनन गरिएपश्चात् सिख्रौलीमा सुर्खेतको काँक्रे विहारमा रहेको जस्तै १३औँ शताब्दीको शिखर शैलीको शिव मन्दिर रहेको विभागले निष्कर्ष निकालेको थियो । पुरानै भग्नावशेष भेटिएको स्थानमा नै पुरातत्व विभागले रु सात करोड ६८ लाखको लागतमा गत फागुनमा शिखर शैलीको शिव मन्दिर पुनः निर्माण सम्पन्न गरेको छ ।

मन्दिरको पुनः निर्माण सकिए पनि मन्दिरको प्राण प्रतिष्ठा नगरिएका कारण पूजाआजाका लागि मन्दिर खुला नगरिएको कैलाश सन्न्यास आश्रम, महादेव थान व्यवस्थापन समितिका उपाध्यक्ष प्रेमलाल पौडेलले बताउनुभयो । “पुरातत्व विभागले मन्दिरको पुनः निर्माण सकिएको भनेर बजेट निकासा गरिसक्यो”, उहाँले भन्नुभयो, “तर, उत्खनन गर्ने बेलामा मन्दिरको शिवलिङ्ग फुटेको अवस्थामा भेटिएको थियो, मन्दिर पुनः निर्माण गर्दा फुटेकै शिवलिङ्ग राखेका छौँ ।”

 

पुरानो शिवलिङ्गको ठाउँमा नयाँ शिवलिङ्ग प्रतिस्थापन नगरेसम्म मन्दिरको प्राणप्रतिष्ठा नगर्ने भन्दै उहाँले त्यसपछिमात्र मन्दिरमा पूजाआजा सुरु हुने जानकारी दिनुभयो । “नयाँ शिवलिङ्ग राख्ने भनेर विभागले नापजाँचसमेत गरिसकेको छ”, उहाँले भन्नुभयो, “गएको फागुनमा मन्दिर निर्माण सकिएको अवस्थामा अझैसम्म शिवलिङ्ग राख्ने काम नभएपछि हामी विभागमा ‘डेलिगेसन’ जाने तयारी गरेका छौँ ।”

कैलाश सन्यास आश्रममा भेटिएको १३औँ शताब्दीको मन्दिर नापजाँच गरेर मन्दिर पुनः निर्माण गर्ने क्रममा केही अपुग भएका ढुङ्गा गैँडाकोट–१४ को रनतपुर तथा पाल्पाबाट ल्याइएको पौडेलले बताउनुभयो । “विसं२०७० मा उत्खनन सुरु गरिएको ठाउँमा दुई वर्ष लगाएर मन्दिरका भग्नावशेषका रुपमा रहेका करिब एक हजार पाँच सय ढुङ्गाहरु झिकिएका थिए”, उहाँले भन्नुभयो, “त्यहाँ आठ सय वर्ष पुराना इँटा, पुरानो बुद्धको मूर्ति, हात्तीको सुँढ र गणेशको प्रतिमा भेटिएको थियो ।”

बुद्धको मूर्ति पुरातत्व विभागले लिएर गएको जनाउँदै उपाध्यक्ष पौडेलले इँटा, हात्तीको सुँढ र गणेशको प्रतिमा समितिले सुरक्षित राखेको बताउनुभयो । “मन्दिर पुनः निर्माणका क्रममा मन्दिरको चारवटै कुनामा थप चारवटा साना मन्दिर पाइएको थियो”, उहाँले भन्नुभयो, “विभागले मन्दिरको चारैतिर रहेका साना मन्दिर पनि पुनः निर्माण गर्ने बताएको छ ।”

नवलपुरमा पहाडबाट बसाइँ सरेर आउने बेलातिर नै यस ठाउँमा मन्दिरको भग्नावशेषमात्र देखिएको उहाँले बताउनुभयो । “हाम्रो बुबा विसं २०२१ मा यहाँ आएर बस्न सुरु गर्नुभएको हो, हामी सानै थियौँ”, उहाँले भन्नुभयो, “त्यतिबेला यहाँ हामी पशुचौपाया चराउन आउँदा यहाँ मन्दिर थिएन, तर पुराना ढुङ्गाहरु देखिन्थे ।”

धर्तीपुत्रका रुपमा रहेका यहाँका आदिवासी थारू समुदायले समेत मन्दिर नदेखेको बताउँछन् । सिख्रौलीका शिखाराम चौधरीले आफ्ना बुबा, हजुरबुबाले समेत यहाँ मन्दिर नदेखेको बताउनुभयो । “यो मन्दिर १९९० सालको भूकम्प अगाडि नै भत्किएको हुनुपर्छ”, उहाँले भन्नुभयो, “यहाँ हाम्रो समुदायले सालको रूखमुनि संसारी पूजा गर्दै आएको थियो, तर मन्दिरका बारेमा कसैलाई जानकारी नै छैन ।”

पूर्वपश्चिम राजमार्ग निर्माण नहुने बेलासम्म नारायणी नदी तर्नका लागि सिख्रौलीघाट प्रयोग हुने गरेको चौधरीले बताउनुभयो । यो मार्ग सिख्रौलीघाट हुँदै भारतसम्म व्यापार गर्नका लागि प्रयोग हुने गरेको चौधरीको भनाइ छ । “यहाँ हरेक वर्षको हरिबोधनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्दछ”, उहाँले भन्नुभयो, “पहिले पहिले मेला भर्नका लागि नेपालका विभिन्न जिल्लाबाट मात्रै नभएर भारतबाट समेत व्यापारी यहाँ आउने गरेका थिए ।”

सिख्रौलीघाटको ऐतिहासिकसँगै व्यापारिक महत्वसमेत रहेको कैलाश सन्न्यास आश्रम महादेव थान व्यवस्थापन समितिका सदस्य तीर्थलाल पौडेलले बताउनुभयो । ऐतिहासिक सम्पदा भएर पनि उचित प्रचारप्रसारको अभावमा मन्दिर ओझेलमा परेको उहाँको भनाइ छ । “यहाँ अहिले पनि साउन महिनाभरि, नयाँ वर्ष र महाशिवरात्रिमा भक्तजनको ठूलो उपस्थिति हुने गरेको छ”, उहाँले भन्नुभयो, “साउनको एउटा सोमबार मात्रै भक्तजनले भेटीस्वरुप चढाएको रकम रु ५० हजार बढी सङ्कलन हुने गरेको छ ।”

पाँच बिघा चार कट्ठा क्षेत्रफलमा फैलिएको आश्रममा विभिन्न मन्दिर तथा धर्मशाला निर्माणको काम पनि भइरहेको उहाँले बताउनुभयो । मन्दिर सञ्चालनका लागि रु एक करोडको अक्षयकोष निर्माण गर्नेगरी समिति अगाडि बढेको भन्दै उहाँले हालसम्म अक्षयकोषमा रु ७५ लाख जम्मा भइसकेको बताउनुभयो । “आश्रममा एकजना पुजारी, माली तथा गाई हेरालु नियमित बस्दै आउनुभएको छ”, उहाँले भन्नुभयो, “यहाँ दैनिक १४ जनासम्म साधुसन्त आएर निःशुल्क भोजन ग्रहण गर्नुहुन्छ ।”

पछिल्लो समय प्रदेश सरकारको आर्थिक सहयोगमा नारायणी नदी किनारमा व्यवस्थित स्नानघाट निर्माण गरिएको छ । सिख्रौलीघाटको ठीक पारिपट्टि जननेता मदन भण्डारीको शव भेटिएको स्थान गाजिपुर रहेको छ । सिख्रौलीघाट र गाजिपुरलाई जोड्न सकेको खण्डमा यहाँको धार्मिक र ऐतिहासिक महत्व बढ्ने स्थानीयको बुझाइ छ ।

<iframe src=”https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2Fsweetnepalonline%2Fvideos%2F1026543168372887%2F&show_text=true&width=560&t=0″ width=”560″ height=”429″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share” allowFullScreen=”true”></iframe>

आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड
पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने
नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

लोकप्रिय

  • १.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ५.
    आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ४.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ५.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ८.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.