चितवन,साउन २३-
नारायणी नदीले सतर्कता विन्दु पार गरेको छ । जल मापन केन्द्र देवघाटले जनाएअनुसार नदीले आज साँझ ७ बजे सतर्कता विन्दु पार गरेको हो । देवघाटको जल मापद केन्द्रकाअनुसार अहिले नारायणी नदीमा ७ दशमलव ३९ मिटर पानीको सतह रहेको छ । देवघाटमा सात दशमलव ३ मिटर पानीको सहत पुग्दा सतर्कता तह मानिन्छ । नदीमा यस वर्षकै उच्च पानीको सतह पुगेको मापद केन्द्रले जनाएको छ ।
नारायणी नदीको जल मापद केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतराको तह मानिन्छ । नदीमा पानीको सहत निरन्तर बढ्दै गएपछि जिल्लाको नदी तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । नारायणी जलाधार क्षेत्रमा भारी वर्षा भइरहेको र अझै वर्षा हुने मौसम पूर्वामानुमान महाशाखाले जनाएको छ । नदीमा पानीको बहाव बढ्ने भन्दै विभागले सतर्कता अपनाउन भनेको छ । विभागले चितवन, नवलपरासीको तटिय क्षेत्रमा हुनेहरुले भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन पनि विभागले सबैलाई आग्रह गरेको छ ।