काठमाडौं,जेठ १८-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमण लागि गएका छन् । पार्टीलाई जानकारी गराएर लामिछाने पत्नी निकितासहित हिजो मुम्बई प्रस्थान गरेका हुन् । उनले आफू व्यक्तिगत कामले ६ दिनका लागि मुम्बई जान लागेको सन्देश पार्टीको ग्रुपमा छोडेका थिए । यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजो भारत भ्रमण गएका थिए । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण गएकै दिन सभापति लामिछाने पनि भारत गएका हुन् । उनको भ्रमणलाई लिएर कतिपयले विभिन्न शंका-उपशंका गरिरहेका छन् ।
बेलुकी रविकी पत्नी निकिताले सामाजिक सञ्जालमा विमानस्थलको तस्वीर हालेकी थिइन् । प्रधानमन्त्रीको भ्रमणसँग जुधाएर रवि किन भारत गए त रु पार्टीका महामन्त्री डा। मुकुल ढकाल यो केवल संयोग भएको बताउँछन् ।
‘के कामका लागि जानुभएको भन्ने थाहा भएन । तर, व्यक्तिगत प्रयोजन भन्नुभएको छ । प्रधानमन्त्री गएकै दिन जानु संयोगमात्रै हो’, उनले भने । ढकालले ६ दिनको यात्रामा लामिछानेले राजनीतिक भेटघाट गर्ने कार्यक्रम नरहेको बताए । केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ नेपाल आउँदा रविले उनलाई भेटेका थिए । सो तस्वीर सामाजिक सञ्जालमा अहिले भाइरल छ । तर, उक्त भेटघाट र अहिलेको भ्रमणको कुनै सम्बन्ध नरहेको ढकाल बताउँछन् ।