पुस २०
संसारभरीनै सामाजिक एवं मानबिय कार्यमा सलग्न लायन्स क्लब ईन्टरनेशनलले चितवनको माडी नगरपालिका वडा नं ४ सिधुवामा बृहत्त स्वास्थ्य शिबिर गत सोमबार सम्पन्न गरेको छ । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५आर, क्लष्टर नं ४ ले कार्यक्रमको आयोजना गरेको हो । उक्त स्वास्थ्य शिबिरबाट १३८० जना लाभान्वित भएको पुर्व डिष्ट्रिक गर्भनर राजकुमार श्रेष्ठले जानकारी दिनुुभयो । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५आरका डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेले नागरिक सम्म पुुग्ने यस्ताकार्यले लायन्सको गरिमा बढ्ने भन्दै आयोजक लायनहरुलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो।
माडी नगरपालिकाको उप प्रमुख खेमप्रसाद महतोको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिस्ट्रिक्ट फर्स्ट लेडी लायन रचना चुके, डिस्ट्रिक्टका पदाधिकारीहरू आईपिडिजी लायन रामप्रसाद भट्ट, द्वितीय भाइस गभर्नर लायन दिनानाथ न्यौपाने, पिडिजी लायन राजकुमार श्रेष्ठ, क्याविनेट सेक्रेटरी लायन राजेन्द्र गौतम, वुमन अनरेरी सेल मेम्बरहरू, डिस्ट्रिक्ट एक्जेक्युटिभ चिफहरू, को–चिफहरू लगायत १८ जना लायन विशेषज्ञ डाक्टरहरू र सहयोगी स्वास्थ्यकर्मीहरू समेत १२५ जना लायनहरूको उपस्थिति थियो ।

शिबिरमा मुटुु रोग, हाडजोर्नी तथा नसा, स्त्री तथा प्रसुती रोग, क्यान्सर, नाक काँन घाँटी, बालरोग, दन्तरोग , अाँखा सम्वन्धि विशेषज्ञ उपलव्ध गराइएको थियो । उक्त शिवीरमा आँखा परिक्षण गरिएका मध्य २३ जनामा मोतियाविन्दु भेटिएको थियो । शिविरमै ५० जनालाइ इसिजी सेवा समेत उपलव्ध गराईएको थियो ।

लायन्स क्लब अफ संगमचोकले संयोजन गरेका कार्यक्रममा अन्य २४ लायन्स क्लबको सहभागिता रहेको थियो । भरतपुर अस्पताल लगायत बिभिन्न संघ सस्थाको सहयोगमा सम्पन्न उक्त बृहत्त स्वास्थ्य शिबिर कार्यक्रम वुमन अनरेरी सेल मेम्बर तथा डिस्ट्रिक्ट ३२५ आर, क्लस्टर ४ प्रमुख दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो



