• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

थ्रीडी म्युजियम : कोठाबाटै विश्व भ्रमणको अनुभव हुने

काठमाडौं : ललितपुरको महालक्ष्मी नगरपालिकामा पर्ने इमाडोल वचु हाइटमा एउटा भव्य कम्पाउण्ड सहितको तीनतले घर छ । बाहिर इन्टरेक्टिभ थ्रीडी आर्ट म्युजियम लेखिएको बोर्डले सबैलाई त्यति आकषिर्त नगर्न सक्छ । तर गेटबाट भित्र पसेपछि उपलब्ध मन भुलाउने कलात्मक दृश्यले मान्छेलाई दैनिक भोगिने मानसिक तनावको दुनियाँबाट केही समयको लागि भए पनि उद्धार गर्न सक्छ ।

यो कला केवल तस्वीर र भिडियो लिनको लागि मात्रै विशेष छैन । भाव पक्षलाई मनन गर्ने हो भने यो एउटा कुशल कलाकारको अद्वितीय कलाको संग्रह पनि हो
यहाँ सिनेमा घरमा जस्तो काल्पनिक दुनियाँमा पुगेको भान हुँदैन । नेपालकै कलात्मक पशुपति भेटिन्छ, लुम्बिनी भेटिन्छ । तर चारभित्ता भित्रै बसेर विश्व घुमेको भान गराउने कलासँग साक्षात्कार गर्न सकिन्छ ।

यो घरको मूल द्वारबाट प्रवेश गर्नेबित्तिकै एउटा ठूलो खाली गाउँमा ताल माथि तैरिएको भर्‍याङको आकृति छ । त्यसैको बायाँतर्फ स्वीमिङ पुलमा हुने चिप्लेटी खेलेर हामी दायाँतिर रहेको कोठामा छिर्छौं । भित्तामा चर्चित फूटबल खेलाडीसँग बल खेल्न मिल्ने तस्वीर राखिएको छ । सँगै स्फाइडर म्यानको पोज छ । त्यहाँभित्र साँढेसँगको मुकाविला होस् या त मोनालिसाको तस्वीर बनाइरहेको तस्वीरलाई प्राकृतिक हिसाबले क्यामेरामा कैद गर्न सकिन्छ । त्यसपछि हामी गुडिरहेको रेलको लिगको अनुभव गर्न बाहिर निस्किन्छौं ।

यस्तै कैयौं कोठा छन्, जसभित्र ३०० भन्दा धेरै तस्वीर लिन सकिन्छ । यहाँ पसेपछि तपाईं ‘अर्कै संसार’मा पुग्न सक्नुहुन्छ, भर्चुअल्ली । यो दुनियाँमा अरूलाई समेत अनौठो अनुभव शेयर गरेर अचम्मित पार्न सक्छौं । जहाँ समुद्रको शयरदेखि मरुभूमिको यात्रासम्म एउटै कोठाभित्र बसेर गर्न सक्छौं ।

यो कला केवल तस्वीर र भिडियो लिनको लागि मात्रै विशेष छैन । भाव पक्षलाई मनन गर्ने हो भने यो एउटा कुशल कलाकारको अद्वितीय कलाको संग्रह पनि हो । यसले कलाकारितामा लाग्ने बाहेक अरूलाई धेरै ज्ञान दिंदैन, तर मनलाई प्रचुर रञ्जित भने गर्ने गर्छ ।

थ्रीडी म्युजियम स् विश्वदेखि नेपालसम्म

विश्वमा थ्रीडी म्युजियमको इतिहास हेर्दा २०१० को दशकको अन्तिमतिर विश्वमा थ्रीडी म्युजियमहरू विभिन्न देशमा खुले । विश्वको सबैभन्दा ठूलो थ्रीडी म्युजियम दुबईमा छ । कुनैबेला यस्तो कलालाई हेर्नको लागि दुबई होस् या थाइल्याण्ड पुग्नुपर्ने हुन्थ्यो । भक्तपुरका सुन्दर विष्ट नेतृत्वको समूहले त्यो अन्तर्राष्ट्रिय कलालाई नेपाली कलाकारकै प्रस्तुतिमा नेपालमै थ्रीडी म्युजियम बनाएका छन् ।

गत चैत २५ गते चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसी, सन्दीप क्षेत्री, अन्जु पन्त लगायत कलाकारले एउटा टिकटक बनाए । साझा बसमा यात्रा गर्नै लागेको देखिने श्रेष्ठ, क्षेत्री र केसीले ‘फुलबुट्टे सारी, सपक्क पारी’ बोलको गीतमा टिकटक बनाएका थिए । तर त्यो साझा बस साँच्चिकैको नभएर यही थ्रीडी म्युजियमको उद्घाटनको क्रममा बनाएको टिकटक थियो ।

तीनतले घरमा सिर्जना गरिएको यो कलाका लागि कलाकारको ठूलो मिहिनेत र श्रम खर्च भएको छ । वन डे थ्रीडी आर्टका प्रबन्ध निर्देशक सुन्दर विष्टका अनुसार यो कला १४ जना नेपाली कलाकारले ८ महीनामा तयार पारेको कलाको संग्रह हो । यहाँ भित्ता, भुइँदेखि सिलिङ हुँदै भर्‍याङमा समेत आकर्षक कला देख्न सकिन्छ ।

यसरी जन्मियो थ्रीडी म्युजियमको सोच

‘यस्तै पेन्टिङ गर्ने वन डे पेन्टिङ आर्टका कर्मचारीलाई नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत थाइल्याण्डमा त्यहाँको नेपाली दूतावास बाहिरको भित्तामा चित्र कोर्न पठाइएको थियो’ प्रबन्ध निर्देशक बिष्ट भन्छन्, ‘त्यही बेलामा त्यहाँको थ्रीडी कलाको बारेमा पनि कलाकारले सिक्ने अवसर पाए ।’

थाइल्याण्ड जानेमा विष्टसँगै कलाकार ओमप्रकाश क्षितिज लगायत कलाकारको टोली थियो । उनीहरूले आफ्नो सिकाइलाई नेपालमा कार्यान्वयन गर्न सकिन्छ कि भन्ने हुटहुटी चल्न थाल्यो । त्यही हुटहुटीले नै नेपालमा थ्रीडी म्युजियम स्थापनाको यात्रा तय गरेको विष्ट बताउँछन् ।

म्युजियमसँग थ्रीडी रेस्टुरेन्टको साइनो

यही टोलीले ललितपुरको कुमारीपाटीमा पनि थ्रीडी आर्ट रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । त्यसो त रेस्टुरेन्ट म्युजियमभन्दा पहिले खुलेको हो । तर यी दुवैमा धेरै समानता पाइन्छ ।

यो रेस्टुरेन्टमा पाइने केही विशेष परिकारबाहेक अरू परिकारहरू अन्यत्र जस्तै सामान्य हुन् । तर यहाँको बस्ने कोठाहरू आफैंमा थ्रीडी आर्टले भरिपूर्ण छन् । ध्यान मुद्रामा बसेका बुद्धको कला होस् या त जानै डरलाग्दो लाग्ने हरर कक्ष होस् ।

फरक विशेषताले भरिएका झण्डै एक दर्जन कोठाका भित्तामा कोरिएको कलासँग मिल्दोजुल्दो संगीतको समेत प्रयोग गरिएको छ । त्यसैले इमाडोलको म्युजियमसँगै यो रेस्टुरेन्टको पनि महत्व विशेष छ ।

कति पर्छ शुल्क ?

विष्टका अनुसार, अहिले म्युजियम प्रवेश गर्नको लागि प्रतिव्यक्ति ४०० रुपैयाँ तोकिएको छ । तर बालबालिका, ज्येष्ठ नागरिक, सीमान्तकृत र शारीरिक रूपमा भिन्न क्षमता भएकाहरूको लागि छूटको व्यवस्था गरिएको छ । यस अनुसार ज्येष्ठ नागरिक, सीमान्तकृत, फरक क्षमता भएका र अभिभावकविहीनहरूलाई १५/२० प्रतिशतसम्म छूट व्यवस्था गरिएको छ । त्यस्तै, एक वर्षभन्दा माथि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई ३०० रुपैयाँ शुल्क तोकिएको विष्टले जानकारी दिए ।

  • अनुभव
  • कोठा
  • थ्रीडी
  • भ्रमण
  • म्युजियम
  • विश्व
शनिबार, माघ ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.