काठमाडौँ : काठमाडौँ मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दलेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा सोही कलेजमा अध्ययनरत विद्यार्थीहरुले कालोमोसो दलेका हुन् ।
पाँच जनाको समूहमा रहेका विद्यार्थीले ‘नमस्कार सर’ भन्दै शर्मालाई कालोमोसो दलेका हुन् ।
नोबेल मेडिकल कलेजका विद्यार्थीहरूले पछिल्लो समय आन्दोलन गर्दै आएका थिए । शूल्क महँगो लिएको भन्दै विद्यार्थीहरूले मेडिकल कलेज व्यवस्थापकविरुद्ध विभिन्न विरोधका कार्यक्रम गर्दै आइरहेका थिए ।
शुक्रबार मन्त्रालयमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो ।
कालोमोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।