• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, फागुन २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ५. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ६. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ७. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ८. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ९. घट्यो सुनचाँदीको मूल्य

  • १०. सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

भोजन नै चिकित्सा


डा. मनोज ढकाल ,

प्रकृति अनुकूल भएर जिउनु नै स्वस्थ जीवनको सूत्र हो । बिहान उठेदेखि सुत्नेबेलासम्मको दिनचर्यालाई व्यवस्थित गर्ने कला नै प्राकृतिक चिकित्सा हो । सन्तुलित भोजन गर्ने, नियमित नुहाइधुवाइ गर्ने, चिन्ता र तनावको व्यवस्थापन जस्ता विविध पक्ष प्राकृतिक चिकित्साको उपचार पद्धतिभित्र पर्छन् ।

खानाको रूपमा कार्बोहाइड्रेडयुक्त एवं जंकफुडको प्रयोग कम गर्नु, चिल्लो र तारेका खानालाई निषेध गर्नु, हप्तामा एकपटक उपवास बस्नु जस्ता नियम आफैंमा प्राकृतिक चिकित्साको महत्वपूर्ण पक्ष हो । यसले शरीरको ‘सर्भिसिङ’ गर्ने काम गर्ने गर्छ ।

 

रोगमुक्त रहनु नै उपचार गर्नुभन्दा उत्तम हो । कुनै औषधिको प्रयोग नगरी, शल्यक्रिया नगरी, सुई नखोपी गरिने उपचार विधि नै प्राकृतिक चिकित्सा हो । जुन, अरू उपचार विधिभन्दा प्रभावकारी विधि पनि हो ।

रोग लागिसकेपछि मात्र होइन, रोगमुक्त जीवन बाँच्नका लागि समेत प्राकृतिक चिकित्सा उपयोगी हुन्छ । प्राकृतिक रूपमै बलियो, निरोगी, तन्दुरुस्त हुनु पहिलो शर्त हो । जसको लागि प्राकृतिक चिकित्सा आफैंमा एउटा अनौंठो प्रणाली हो, जसले शारीरिक, मानसिक, नैतिक र आध्यात्मिक रूपमै मानिसलाई सही मार्गमा हिँडाउन सहयोग गर्छ ।

प्राकृतिक चिकित्सा के हो ?

मानव शरीरमा जे–जति रोग छन्, ती सबैको कारण र उपचार विधि एकैखालका हुन्छन् । शरीरमा जब विकार पदार्थ सञ्चय हुन थाल्छ, त्यही स्थितिलाई हामी रोग लागेको भन्छौं । अतः ती विकारलाई हानिरहित ढंगले निर्मूल पार्नु नै उपचार पद्धति हो । उपचारको विद्यमान विधि अनेक छन् । त्यसमध्ये सबैभन्दा प्राचीन उपचार पद्धति हो, प्राकृतिक चिकित्सा ।

प्राकृतिक चिकित्साको परिभाषा अनुसार मान्छेमा तीन कारणले रोग लाग्ने गर्छ । पहिलो पहिलो कारण मेटाबोलिक टक्सिल डिपोजिसन अर्थात् विजातीय तत्वको असन्तुलन हो भने दोस्रो कारण ओअर भ्याटालिटी । रगतमा हुने असन्तुलन तेस्रो कारण हो ।

प्राकृतिक चिकित्साले कुनै एक विशेष रोगको मात्र उपचार खोज्दैन, सम्पूर्ण शरीरलाई तन्दुरुस्त राख्नेतिर ध्यान दिन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता विकास गर्न पनि सहयोग गर्छ । शरीरमा कुनै पनि रोगको सम्भावनालाई न्यूनीकरण गर्न पनि यसले सहयोग गर्छ ।

प्राकृतिक चिकित्सा : भोजन नै चिकित्सा हो

प्राकृतिक उपचार पद्धतिको आफ्नो छुट्टै विशेषता छ । यो उपचार पद्धतिमा दबिएर बसेका रोगलाई सतहमा ल्याइन्छ र स्थायी रूपले निदानको उपाय खोज्ने गरिन्छ । यसले दीर्घरोगबाट पनि मुक्ति दिलाउँछ । यसको खास विशेषता के भने कुनै शारीरिक समस्या वा रोग मात्र होइन, मानसिक र सामाजिक उपचार पनि गर्छ ।

प्राकृतिक चिकित्साको एउटा सूत्र छ, केवल भोजन नै चिकित्सा हो । हामीले खाने भोजनले नै शरीरलाई निरोगी वा रोगमुक्त बनाउँछ । हामीले खाने भोजनले नै शरीरको प्रतिरोधात्मक क्षमता बढाउने हो । शरीरलाई बलियो, तन्दुरुस्त बनाउने हो । दीर्घायु बनाउने हो ।

जबकि आज त्यही खानपानको कारण मान्छे रोगी हुँदैछन् । जीर्ण हुँदैछन् । मृत्युको मुखमा पुगिरहेका छन् । खानालाई खान जानियो भने औषधि हुन्छ । खाना खान जानिएन भने विष हुन्छ ।

शरीर पञ्चतत्वले निर्माण भएको हुन्छ । प्रकृति पनि पञ्चतत्वले निर्माण भएको छ । प्रकृति र शरीर आपसमा एकाकार छन् । त्यसैले शरीरलाई रोगमुक्त राख्ने बुटी पनि प्रकृतिमै छ । पञ्चतत्व भनेको अग्नि, आकाश, जल, वायु र पृथ्वी ।

कसरी गरिन्छ प्राकृतिक उपचार ?

जल चिकित्सा

जल चिकित्सा पानीको उपयोगबाट गरिने उपचार विधि हो । पानीको आफ्नै गुण हुन्छ, जसले रोग निर्मूल बनाउने भूमिका खेल्छ । पानीबाट गरिने उपचार पद्धतिमा, हिप बाथ, सौना बाथ, स्टिम बाथ, स्पिनल बाथ लगायत पर्छन् ।

उपवास

उपवास भनेको कुनै पनि खानेकुरा सेवन नगरी बस्नुको अवस्था हो । यसले पाचन यन्त्रलाई विश्राम दिन्छ । उपवास भनेको शरीरलाई भित्रैदेखि शुद्धीकरण गर्ने विधि पनि हो ।

आहार

खाना नै ओखती हो । भनिन्छ नि, तपाईं जस्तो खानुहुन्छ, त्यस्तै हुनुहुन्छ । खानालाई हामीले तीन भागमा विभाजन गरेका छौं । सात्विक, तामासिक र राजसी । स्वास्थ्य जीवनको लागि सात्विक खाना उपयोगी हुन्छ । तामासिक वा राजसी खानाले जिब्रोलाई लोभ्याउँछ । तर, शरीरमा विकार पनि पैदा गर्छ ।

माटो चिकित्सा

माटोमा खेल्दा, माटोको सम्पर्कमा रहँदा हाम्रो शरीरको रोगसँग लड्ने क्षमतामा वृद्धि हुन्छ । संसारमा माटोद्वारा गरिने उपचारका पनि विभिन्न विधि छन् ।

मालिस

हामीकहाँ मालिस गर्ने परम्परा नै छ । जब बच्चा जन्मन्छ, तोरीको तेलले मालिस गरिन्छ । मालिस एक प्राकृतिक विधि हो, जसले शरीरलाई बलियो बनाउँछ । रक्तप्रवाहमा सहयोग गर्छ । मालिसका अरू थुप्रै विधि एवं तौरतरिका छन् ।

वायु उपचार

ताजा हावा राम्रो स्वास्थ्यका लागि सबैभन्दा जरूरी हुन्छ । हाम्रो शरीरभित्र जति धेरै शुद्ध वायु रहन्छ, उति नै निरोगी रहन्छौं । अतः शरीरमा शुद्ध वायुको मात्रा बढाउने केही तौरतरिका छन् । प्राणायाम जस्ता विधि यसैको रूप हो ।

  • चिकित्सा
  • नै
  • भोजन
बिहिबार, पुष २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो
मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ५.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ६.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.