×
शुक्रबार, जेठ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

लोकप्रिय समाचार

  • १. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ३. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ५. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ७. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • ९. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

  • १०. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

बहस राष्ट्रनिर्माताको


लेखक – राम लोहनी

नेपाल राष्ट्र निर्माणमा सबैलाई नसमेटिएको बारेमा धेरै बहस भैसक्यो, अझै हुँदैछ। तर यो असमानता तागाधारी ब्राह्मणहरूको मात्र खेलो हो भन्ने न्यारेसन अर्को अतिवाद हो। पृथ्वीनारायणले काठमाडौँ उपत्यका जितिसकेपछि उपत्यकाको संस्कृतिलाई आत्मसात गर्ने क्रममा यहाँका कुरीतिहरूलाई पनि अपनाए। जसरी पहिलेका मल्ल र तिनका भारदारले यी कुरीतिलाई आफ्ना स्वार्थमा उपयोग गर्थे, गरेका थिए, पृ्थ्वीनारायण र उनी पछिका शासकहरू त्यही पदचापमा हिँडे। किनभने शासन त्यही पदचापमा सुगम हुने थियो। पृथ्वीनारायणले काठमाडौँमा‌ कुनै‌ नयाँ शासन प्रणाली थोपर्नु परेन, साँचो अर्थमा भन्दा। उपत्यकाबाहिर पनि यही प्रणाली बिस्तार भयो। जयस्थिति मल्लले अपनाएको शासन प्रणाली उपत्यकामा सक्रिय थियो। यसले जातीय उच्चतम भेदभावको अभ्यास गर्थ्यो र यहाँको शास्त्र मानव धर्मशास्त्र नामको मनुस्मृतिको भर्सन थियो। काठमान्डुका प्रजाले त्यसलाई आफ्नो सम्पतिका रूपमा ग्रहण गरेका थिए।

पृथ्वीनारायणलाई देवत्वकरण गर्ने काम विशेष गरेर महेन्द्रको समयमा भयो। पृथ्वीनारायणको “असली हिन्दुस्तान” को भावना गोरखाबाट आएको थिएन, काठमाडौँमै पनपेको थियो, खास गरी सेन राज्यको विजयपछि। सेनहरू आफूलाई हुन्दुपति भन्थे र पृथ्वीनारायणले त्यो उपाधि अब उप्रान्त आफूहरूमा सरेको दाबी गरेका हुन्। पछिल्लो समय शाह राजाहरूले आफूलाई “ठूलो” देखाउन पृ्थ्वीनारायणको देवत्वकरण गरे र हिन्दुवादको जामा पनि पहिरिए, त्यसलाई अझ सुधारेर ! यसो हुनुमा भारतमा उठेको हिन्दुत्वको पनि ठूलो भूमिका थियो। भारतमा हिन्दुवादको संरक्षण राज्यस्तरबाट हुन नसकेपछि त्यसको सोधभर्ना गर्ने मनसाय नेपालमा विकास भयो। अङ्ग्रेज र त्यसपछिको संविधानले अख्तियार गरेको धर्मनिरपेक्षताले नेपालका तत्कालीन राणा र पछि शाह राजाहरूलाई क्रमश: प्रोत्साहन‌ मिलेको थियो भारतका अतिवादी हिन्दुबाट। उपत्यकामा जातीयतामा आधारित धर्म, संस्कृतिले‌ पहिले‌ नै‌ जरो गाडिराखेको अवस्थामा शासकहरूलाई यसमा थप मेहनत गर्नु परेन। केवल यो व्यवस्था‌ मुलुकभर फैलाउनु मात्र थियो। उपत्यकाका जनताको सहयोग‌ यसमा‌ प्रत्यक्ष र परोक्ष रूपमा उनीहरूलाई मिल्यो। जातीय विभेदबाट लाभ पाउने वर्गको समर्थन हुनु स्वाभाविक थियो।

पृथ्वीनारायणको जग हिन्दु परिवारको भए पनि गोरखा र‌ त्यसको‌ वरिपरिका जनताहरूको जनजीवनबाट थोरबहुत प्रभावित नै थियो भन्ने देखिन्छ। जातीय कट्टरतामा‌ गोरखा काठमाडौँ उपत्यका भन्दा‌ नरम थियो, पछाडि थियो भन्ने अनुमान हुन्छ। तर उपत्यकाको समाज व्यवस्था शासन गर्नलाई झन् सजिलो भैदियो। उपत्यकाको लामो ऐतिहासिक परम्पराले यहाँका पुराना शासक र आदिबासीहरूलाई दबाएर राखिरहेको थियो। ६४ जातको जटिल संरचनाले उपत्यका बेष्ठित थियो। उपत्यका वरिपरिका तामाङहरू उपत्यकाबाट शासित र दमित थिए।‌ गोरखाको कुरा गर्ने हो भने त्यहाँ मगर, गुरुङहरूको बाहुल्यता भएको र सानो गरिब राज्यमा उपत्यकाको स्तरको भेदभाव थिएन।
पछिल्लो समय पनि मगर गुरुङको दाँजोमा तामाङहरू शोषित भएका प्रशस्त उदाहरण भेटिन्छन्। यो उत्तराधिकारमा गोरखाको भनमदा उपत्यकाको योगदान छ। गोरखाको कुरा गर्दा शासक वर्ग तागाधारी भए पनि गैर तागाधारीको पनि शासनमा‌ सहभागिता‌ रहन्थ्यो। उपत्यका प्रवेश गरेपछि त्यो प्रणालीमा यहाँको जातीय भेदभाव सजिलै प्रवेश गर्यो र जङ्बहादुरसम्म आइपुग्दा त्यो प्रणाली उत्कर्षमा पुग्यो मुलुकी ऐनको नाममा। जङ्गबहादुरको मुलुकी ऐन जयस्थिति मल्लले बाँधेको स्थितिको उत्कर्ष थियो। पृथ्वीनारायणले त आफ्नो छुट्टै स्थिति बाँध्ने‌ मनसुबा मात्र राख्न भ्याएका थिए। त्यसो गर्न मौका पाएनन्। उनी उपत्यकाको जातीय व्यवस्थाप्रति सन्तुष्ट थिएनन् भन्ने अनुमान गर्न सकिन्छ उनको छुट्टै थिति बाँध्ने मनसुबाको सापेक्षमा मूल्याङ्कन गर्दा। तर पछिल्ला शासकहरूले प्रचलनलाई अपनाउन र त्यसलाई सुसङ्गठित गर्नमा सजिलो देखे। भयो पनि त्यही। राणाहरूको पतनपछि महेन्द्रको समयमा पृथ्वीनारायणको देवत्वकरण गर्दा त्यसपछिका शासकीय कुरीतिको स्रोत पनि स्वाभाविक रूपमा पृथ्वीनारयणकै थाप्लोमा पुग्यो। महेन्द्र प्रवृत्तिले त्यो देखेन, बुझ्न सकेन, केन्द्रीत र उँचनिचको स्थापित परम्परामा शासन सजिलो देख्यो।

अहिले आलोचनाको केन्द्र पृथ्वीनारायण हुनुमा महेन्द्रकालीन इतिहासलेखन मुख्य रूपमा दोषी छ। पृथ्वीपछिको शासनमा पैदा भएका खराब राजाहरूलाई जोगाउन पृथ्वीको अतिरिक्त गुणगान मात्र गाइएन, यी सिल्ली र अयोग्य राजाहरूको कुकर्मको जड पनि नजानिदो प्रकारले पृथ्वीनारायणमै थोपरियो। यसले महेन्द्र, वीरेन्द्रलाई पृथ्वीजस्ता “महान” राजाको उत्तराधिकार हुने गौरव मिलेको भ्रम त भयो, तर समयले पृथ्वीनारायणको दानवीकरणलाई थप मलजल पनि गर्यो। इतिहास लेखनमा स्वच्छता अपनाएर पृथ्वीनारायणको यथोचित मूल्याङ्कन गरेको भए यो अवस्था आउने थिएन। अहिले सारा समस्याको, कुरीतिको, कुशासनको कारक पृथ्वीनारायण हुन् भन्ने न्यारेसन स्थापित हुँदैछ। यसको प्रतिरक्षा गर्नेहरू पृथ्वीनारायणको उचित मूल्याङ्कनमा होइन महेन्द्रकालीन न्यारेसनलाई समातेर मैदानमा खडा छन्। सही मूल्याङ्कनले पृथ्वीनारायण उनका गल्तीमा आलोचित त हुन्छन् नै, सँगै उनका सकारात्मक कामको कदर पनि हुन्छ र थोपरिएका कतिपय आरोपबाट मुक्त पनि हुन्छन्।

मुलुकको एकतामा पृ्थ्वीनारायणलाई एकल जस दिन खोज्ने महेन्द्रवादी इतिहासकारहरूले के देखेनन् भने पृथ्वीनारायण स्वयम् समावेशी चिन्तनका प्रेमी थिए। “फूलबारी” को उपमा तत्कालीन परिवेशलाई सुहाउने उपमा थियो। त्यसमा उँचनिच र जातीय भेदभावको गन्ध थिएन। तर परवर्ती शासकले त्यो उपमामा भेदभावको दुर्गन्ध मिसाइदिए। पञ्चायतले त्यसलाई सुधार गर्नुको सट्टा गौरवको रूपमा लियो। महेन्द्रले लागू गर्न खोजेको संशोधित मूलुकी ऐन पञ्चायती महागाथाभित्र त्यसै बिलायो।

(लोहनीको सामाजिक सञ्जालबाट)

लेखक परिचय

राम लोहनी
राम लोहनी त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञानका प्राध्यापन गर्नुहुन्छ । उहाँका टिप्पणीहरू निकै चोटिला तथा ज्ञानवर्द्धक हुन्छन् । विज्ञानसम्बन्धी उहाँका लेखहरू पनि देशका राष्ट्रिय पत्रपत्रिकाहरूमा नियमित रूपमा प्रकाशित भइरहेका हुन्छन् ।

लेखकका अन्य  रचना

  • बहस
  • राष्ट्रनिर्माताको
मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह
ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने
क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

लोकप्रिय

  • १.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ५.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ७.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • ८.
    एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.