गैंडाकोट
गैंडाकोट नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखाको आयोजनामा शनिबार गैंडाकोट नगरपालिका वडा नं ७ मा सम्पन्न वडा स्तरीय बालभेलाले हिमाल सापकोटाको अध्यक्षतामा वडा बाल सञ्जाल गठन गरेको छ ।
समितिको उपाध्यक्षमा एन्जल पौडेल, सचिवमा प्रशान्त कुमाल,कोषाध्यक्षमा हसनी परियार,सह सचिवमा निखिल दराई, सदस्यमा ममता मगर,पूर्णिमा कुमाल,विष्णु नेपाली, कुशल सापकोटा,आकृति सापकोटा, रोजिता दराई, सम्पदा सापकोटा, सुविका गुरुङ, दिपेश परियार र नानुका वि.क चयन हुनुभएको छ । कार्यक्रम वडा अध्यक्ष होमनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
गैंडाकोट वडा नं ७ का वडा सदस्य तारापति त्रिपाठीले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा गैंडाकोट नगरपालिका विधायन समिति सदस्य ज्ञानप्रसाद खनाल,वडा सदस्य छलिमाया परियार र धनबहादुर कुमाल ,नगर बाल सञ्जाल सदस्य अनमोल खनाल र स्विकृति घिमीरेको उपस्थिति रहेको थियो ।
बालमैत्री अभियान्ता जगन्नाथ उपाध्यायले कार्यक्रमको उद्देश्य र बाल अधिकारका बारेमा प्रकाश पार्नु भएको सो कार्यक्रमको सहजीकरण गैंडाकोट नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखाका सहायक कर्मचारी नरमाया रानाले गर्नुभएको थियो ।




