• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

चुनाव जित्न रवि लामिछाने नेतृत्वको पार्टीले ठूला दललाई दियो ठूलो चुनौती

भरतपुर : ठूला दललाई विभिन्न क्षेत्रमा चुनाव जित्न यसपालि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो चुनौती दिएको छ । चितवनका तीन क्षेत्रका जनताले पनि रविलाई राम्रो साथ दिएको देखिन्छ । मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा खसेको मतको आधाजति गणना भइरहँदा चितवन–१ र २ मा रविको पार्टीले फराकिलो मतान्तर कायम गरेको छ ।

चितवन–३ मा पनि स्वतन्त्र पार्टीकी उमेदवार जीता बरालले राम्रो मत पाएकी छन् । ठूला दलबाट आजित भएका जनताले रविकै कारण उनको पार्टीलाई सोचेभन्दा बढी भोट दिएका छन् । चुनाव प्रचारका क्रममा रवि पुगेको ठाउँमा उनलाई हेर्नेको बाक्लो भीड लाग्ने गथ्र्याे । रविप्रति जनताको क्रेज घट्ने छाँटकाँट देखिँदैन । उनीप्रति जनताले ठूलो आशा र विश्वास राखेका छन् ।

मतगणना चलिरहँदा पनि रविलाई हेर्न मतगणनास्थलबाहिर पुग्नेको संख्या उत्तिकै छ । उनी चितवन–२ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लडेका हुन् । यहाँको मतगणना चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा भइरहेको छ । मतदान सकिएर मतपेटिका यहाँ ल्याएदेखि नै प्रदर्शनी केन्द्रबाहिर उनका समर्थकको भीड लाग्दै आएको छ ।

बुधबार काम विशेषले मालपोत कार्यालय गएका भरतपुर–४ का दीपक सुनार पनि रविलाई हेर्न मतगणनास्थलमा पुगे । ‘मालपोत आएको थिएँ, यही बेला रवि दाइलाई हेर्न प¥यो र बाहिरको रमाइलो पनि हेरौँ भनेर आएको’, उनले भने । मतगणनास्थलबाहिर रमाइलो हुने गरेको उनले फेसबुक र युट्युबमा देखेका थिए ।

गैँडाकोटकी माया खनाल पनि त्यही ठाउँमा लौरोमा बाँधिएको घण्टी बजाउँदै गरेको अवस्थामा भेटिइन् । रविले अग्रता लिएपछि खुसी साट्न आफू यहाँ आएको उनले बताइन् । ‘हामीले भोट पनि घण्टीमै दिएको हो, रवि सरले जनताका लागि राम्रो काम गर्नुहुन्छ भन्ने विश्वास छ’, उनले भनिन् ।

भरतपुर–२ की सरिता भण्डारी पनि रविलाई हेर्न र रमाइलो गर्न मतगणनास्थलमा पुगेकी थिइन् । ‘रवि सर यहाँ प्रहरीको हिरासतमा हुँदा उहाँलाई छुटाउन हामी आएका थियौँ । चुनावअगाडि प्रचार गर्दै उहाँ हाम्रो टोलमा पनि आउनुभएको थियो’, उनले भनिन्, ‘आफूले भोट दिएको मान्छेलाई हेर्न मन लाएर आएको हो, हिजो पनि आएको थिएँ ।’

इच्छाकामना गाउँपालिकाको मत गन्दै गर्दा पछाडि रहेका रवि कालिका नगरपालिकाको मतगणना सुरू गरेसँगै अग्रस्थानमा छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णभक्त पोखरेलसँग लगातार फराकिलो मतान्तर बनाएका छन् । बुधबार साँझसम्म १० हजारभन्दा बढी मतले रविले अग्रता लिइरहेका छन् । उनले अग्रता लिन थालेसँगै मतगणनास्थलबाहिर पुग्ने उनका समर्थकहरुको संख्या बढ्दै गएको छ ।

उनका समर्थक मतगणनाको अपडेट थाहा पाउनभन्दा पनि रविलाई हेर्न र खुसी साटासाट गर्न त्यहाँ पुगेका हुन् । बुधबार उनका समर्थकले रमाइलो गरेर समय बिताए । महिलाहरु बाटोमै बसेर दोहोरी गाउँदै नाचगान गरे ।

केही युवाले मन्दिरको घण्टी नै ल्याएर घण्टी बजाउँदै प्रदर्शन गरे । दोहोरीमार्फत उनीहरुले जनताको गुनलाई नबिर्सन रविलाई आग्रह गरेका थिए ।

गेटबाहिर रविलाई कुरेर बस्ने उनका समर्थकले रविलाई मतगणनास्थलबाट बाहिर निस्किएको देख्नेबित्तिकै हुटिङ गर्छन् । रवि पनि समय–समयमा गेटनजिक आएर हात हल्लाउँछन् । रविप्रति जनताले देखाएको उत्साह देखेर जोकोही पनि मोहित हुन्छन् । रविले जनताको विश्वास कहिलेसम्म कायम राख्न सक्छन्, त्यो भने हेर्न बाँकी नै छ ।

  • चुनाव जित्न
  • ठूला दल
  • ठूलो चुनौती
  • नेतृत्वको पार्टी
  • रवि लामिछाने
बिहिबार, मङि्सर ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.